साप्ताहिक संवाददाता
फाल्गुन १९, २०७५
गायक तथा संगीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । दशरथ थापाले लेखेको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सहित सिलवाल सांगीतिक बजारमा आएका छन् ।
‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगी बुगी’ सिजन एक कि बिजेता कबितालाई पनि देख्न सकिन्छ ।
रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गायक सिलवालको यस अघि ‘तिमी हिड्ने बाटोमा’ बोलको गीत सार्वजनिक भएको थियो ।
सानु मायाको म्यूजिक भिडियो :