साप्ताहिक संवाददाता
गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनिल मास्केको गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ ।
गीतकार तथा चलचित्र निर्देशक यादव खरेल, संगीतकार शम्भूजित बास्कोटा तथा गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’लाई सार्वजनिक गरिएको हो । गीतसंगीतका त्रिवेणी वरिष्ठ तीन स्रष्टालाई गीतकार भिखारी र संगीतकार मास्केले सम्मान गर्दै उनीहरुको हातबाट नै गीतिसंग्रह पञ्चामृत सार्वजनिक गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा नै मनले होइन धनले र जवानीको ऐना हजुर दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियो हेरेपछि बल्ल औपचारिक रुपमा कार्यक्रमलाई सुरुवात गरिएको थियो । भाइब्स क्रियशनको आयोजनामा भएको ऊक्त विमोचन कार्यत्रमलाई संचारकर्मी नरशे भट्टराई र संचारकर्मी एवं निर्देशक दिनेश डीसीले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै संगीतकार शम्भूजित बास्कोटाले शब्द अनुसारको संगीत बनेको र शब्द र संगीतलाई नै मजबुत बनाउादै गायकी पनि मिठो भएकोले पञ्चामृत सफल हुनेमा विश्वास लिएको बताए ।
गायक दीप श्रेष्ठले पनि गीतकार र संगीतकारलाई शुभकामना दिादै एल्बमका सबै गीतहरु मिठासयुक्त बन्नुमा गीत, संगीत र गायन पक्षले सशक्त भूमिका खेलेको बताएका थिए ।
गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले नारायण गोपालसागको पुराना दिन सम्झादै आफूलाई शब्दले छोएपछि मात्र संगीत भर्ने वा गाउने गरेको हुादा पहिला शब्दले नै छुनु पर्ने बताए । शब्दले छोएमा बल्ल संगीत भर्न र गाउन आनन्द आउने हुदा गीत मिठासपूर्ण बन्ने बताए ।
गीतिसंग्रह पञ्चामृतभित्र धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा झुटा जस्ता बोलका गीत रहेका छन् । जसमा सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल, स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतहरुमा संगीत संयोजन रिकेश गुरुङ, सञ्जीव बराइली, प्रदीप श्रेष्ठको रहेको छ भने मिक्सिङ मास्टरिङ किशोर थापाको रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।
म्यूजिक भिडियो :