साप्ताहिक संवाददाता
चैत्र १२, २०७५
गायक हेमन्त शर्माका सुगम संगीतमा आधारित गीत युवापुस्तामाझ निकै लोकप्रिय छन् । केही समयअघि सार्वजनिक बरिखा गीतको सफलतासगै हेमन्तको चर्चा थप चुलिएको छ । गायक शर्मा विभिन्न मेला महोत्सवमा होस् वा व्यक्तिगत काममा कतै निस्कँदा, चिटिक्क परेर हिँड्छन् ।
विशेष गरी औपचारिक पहिरनमा ठाँटिएर हिँड्नु हेमन्तको विशेषता नै हो । अर्को कुरा, उनी सामाजिक सञ्जालमा समेत निकै व्यस्त गायकका रूपमा चिनिन्छन् अर्थात शर्मा सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्न उत्तिकै अगाडि छन् ।
उनी सामाजिक सञ्जालमा धेरैजसो सेल्फी अपलोड गर्छन्, त्यो पनि सदावहार एउटै स्टाइलमा । मानिसहरू सेल्फी खिच्दा विभिन्न ढाँचामा प्रस्तुत भए पनि गायक शर्माको फोटो खिच्ने स्टाइल भने सधैं एउटै छ ।