साप्ताहिक संवाददाता
हाँस्यकलाकार तथा सामाजिक अभियान्ता कुमार कट्टेलले धुर्मुस सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिका चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम तोकिएमै समयमा निर्माण सम्पन्न हुने दावी गरेका छन् । निर्माणसम्बन्धी सहमति पत्रमा भरतपुर महानगरपालिका र फाउन्डेशनबीच हस्ताक्षर भएपछि अहिले उक्त स्थानमा स्टेडियम निर्माणका लागी काम सुरु भैसकेको छ ।
हालै कान्तिपुरका रामजी ज्ञवालीसँग भएको छोटो कुराकानीमा कट्टेलले ५० लाख युवाले दिनको एक रुपैयाँ दिएको खण्डमा पनि स्टेडियम सहजै सम्पन्न हुने बताए । कुराकानीमा उनले स्टेडियम निर्माणका लागी अहिलेसम्म कति रकम जुट्यो, कति रकम आवश्यक पर्नेहो, कसरी काम भैरहेको लगायतका बिषयमा पनि धारणा राखेका छन् ।
उनले देश तथा विदेशबाट धमाधम सहयोगका हात वढिरहेकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘हामी सबै तातेर लागेका छौं, विदेशका कार्यक्रममा पनि पुगेका छौं, दाइ–भाउजुहरु पनि गइरहनुभएको छ । सम्पुर्ण नेपालीले यो हाम्रो पनि हो भनेर लाग्नुभयो भने पक्कैपनि सहज हुनेथियो ।’
भोली मात्रै किर्तीपुर स्थित टियु मैदानमा भोली हुन गैरहेको मातृभुमी कपको सम्पुर्ण तयारी सकिएको उनले बताए । भोली राष्ट्रिय खेलाडीका दुई टिम र कलाकारहरुबिचको दुई टिमको क्रिकेट प्रतियोगीता हुँदैछ । क्रिकेटका लागी राष्ट्रिय टिमका कप्तान पारश खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टिम लड्नेछ भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टिम एकआपसमा भिड्नेछ ।
कट्टेलसँग गरिएको भिडियो हेर्नुहोस्