साप्ताहिक संवाददाता
विद्रोही नारीका रुपमा चर्चित योगमायाको जीवनमा आधारित उपन्यास ‘योगमाया’ माथि निर्माण गरिएको नाटक मञ्चन हुने भएको छ । निलम कार्कीले लेखेको मदन पुरस्कारप्राप्त कृतिमाथि बनेको नाटक ‘योगमाया’ जेठ २४ गेतदेखि शिल्पी थिएटरमा मञ्चन हुने छ ।
प्रकेश सिन्धुलीयले सहनिर्देशन र सुरज तमुले कोरियोग्राफी गरेको नाटकलाई नाट्यकर्मी टंक चौलागाईंको नाट्य परिमार्जन र निर्देशनमा तयार भइरहेको छ, जसको हालै रिहर्सल सुरु भएको छ ।
नाटकमा योगमायाको मुख्य भूमिकामा चर्चित र अनुभवी कलाकार मिथिला शर्मा देखिन भएकी छिन् ।
राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइँकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थी लगायतका अनुभवी रंगकर्मीले पनि अभिनय गर्ने जनाइएको छ ।
स्कुल थिएटर नेपाल र साङ्ग्रिला फाउन्डेसनको प्रस्तुतिमा मञ्चन हुने नाटकमा सुवास तिमल्सिना, सुमित तामाङ, सुरेन्द्र क्षेत्री, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, प्रसन्न हुमागाईं, संयोग दाहालका साथमा स्कुल थिएटर नेपालका लालाबालाकक्षाका बालकलाकार काव्य बराल, आकार थापा, क्विन्चम जोशी, अद्वैत थापा र शुभेच्छा तिमल्सिना पनि देखिनेछन् ।