साप्ताहिक संवाददाता
संभवत विश्वकै इतिहासमा नयाँ रेकर्ड कायम राख्दै वरिष्ठ गीतकार बी बी थापाले एकै साथ २७ गीति एल्वम लोकार्पण गरेका छन् । यसै साता नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण गरेका हुन् ।
छायाँछबि क्रियशनको आयोजनामा सम्पन्न लोकार्फण कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक एवं साहित्यकार यादब खरेल, बरिष्ठ संगीतकार शत्ति बल्लभ, बरिष्ठ गीतकार दीनेश अधिकारी, बरिष्ठ गायक प्रकाश श्रेष्ठ, बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, बरिष्ठ गायक जगतमर्दन थापा, प्राध्यापक डा. हेमनाथ पौडेल बिशिष्ठ अतिथीका रुपमा थिए ।
कार्यक्रममा स्स्वागत मन्तब्य राख्दै वरिष्ठ पत्रकार एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले नेपाली संगीतकै इतिहाासमा एकै साथ २७ गीति एल्वम एवं दुई पुस्तक लोकार्पण हुनु गौरवान्वीत बिषय भएको बताए । प्रियले एकै गीत निकालेर त्यसैको म्यूजिक भिडीयो बनाई यूट्यूब भ्यूअर्स गन्ने बर्तमान समयमा २७ एल्वम प्रकाशित गर्नु सबैका लागी चुनौति भएको बताए ।
कार्यक्रममा गीति एल्वमका श्रष्टा बी बी थापाले आफूले गरेको मेहनत सार्थक भएको बताए । कसैलाई कुनै चुनौति दीनु भन्दा पनि आफ्नो प्रयास नेपाली संगीतको बिकाशमा कुनै एक इट्टा बन्न सकेमा त्यो नै उपलब्धी हुने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालका प्रथम उपराष्ट्रपति श्री परमानन्द झाले गौरबपूर्ण यस किसीमको कार्यक्रमको हिस्सा बन्न पाएकोमा खुसी लागेको बताए । विश्वमै विरलै भेटिन सकिने यस्तो गतिविधी गीनिज बुक अफ वल्ड रेकर्डस्मा दर्ता हुनु पर्ने झाको भनाई थियो ।
कार्यक्रममा विभिन्न ५ गीतहरुका भिडियो देखाइएको थियो । जीवन रसाइली, सुब्रत आचार्य एवं हेम प्रभाषले निर्देशन गरेका भिडियोमा गम्भीर विष्ट, प्रदिप बास्तोला, एलिशा राई, श्रीदेव भट्टराई, अनामिका चौलागाई, जेवीका कार्की लगायतको अभिनय रहेको थियो ।