साप्ताहिक संवाददाता
जेष्ठ ३१, २०७६
गायक संजिव पराजुली र गायिका टीका प्रसांई युगल गायनमा चिनिएको नाम हो । उनै टीका र संजिवको नयाँ गीत सार्वजनिक भएको छ । केहि दिन अघि सार्वजनिक भएको उनीहरुको ‘जानी जानी एउटा गल्ती’ बोलको गीत अहिले लोकप्रिय बन्दै गएको छ ।
दिनेश अधिकारीले लेखेको सार्वजनिक गीतमा रंजित गजमेरले संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएके छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको म्यूजिक भिडियोमा प्रदिप बास्तोला र एलिशा शर्माले अभिनय गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
जानी जानी एउटा गल्तीको म्यूजिक भिडियो :