साप्ताहिक संवाददाता
असार २६, २०७६
गायक सन्तोष लामा सुगम संगीतमा आधारित गीत गाएर स्थापित भएका गायक हुन् । उनले गाएका थुप्रै आधुनिक गीत लोकप्रिय छन् । अहिले भने उनी चलचित्रको पार्श्व गायनमा आकर्षित भएका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र जाइराको हालै सार्वजनिक एउटा गीतमा गायक लामाकै स्वर सुन्न सकिन्छ ।
अनुप विक्रम शाही तथा नम्रता श्रेष्ठलाई फिचर गरिएको ‘आँखाले बोल्छ...’ गीतमार्फत श्रोतामाझ आएका गायक लामा उक्त गीतको गायकीका कारण गायक लामा चर्चामा आएका छन् । युट्युबमा राम्रै भ्युज पाएको उक्त गीतमा अनूप र नम्रताले रोमान्टिक छवि प्रस्तुत गरेका छन् ।