नितेशको क्रेज, सन्दिपको कमेडी

- अनोज रोक्का

असार ३१, २०७६

एचके नेपाल नाईट २०१९ मा आधा दर्जन राष्ट्रिय कलाकारहरुको टोलीले हङकङेली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए ।

गितारिस्ट अर्जुन गुरुङसहित स्टेजमा उत्रिएका धर्मेन्द्र सेवानले हेर्दा राम्रो, मेरी प्रिय, रेशम फिरिरि गाउँदा हलको माहोल तातेको थियो । कार्यक्रममा अभिनेत्री तथा मोडल नम्रता सापकोटाले आफ्नो ग्लामर्स डान्स प्रस्तुत गरिन ।

कार्यक्रमका अर्का आकर्षण स्टान्डअप कमेडियन सन्दिप क्षेत्रीले उपस्थित दर्शकहरुलाई पेट मिचीमिची हसाए । सन्दिपले समसामयिक विषय, फेशन, संगित र अहिलेका पुस्ताका केटाकेटीहरुलाई ब्यङ्ग्य प्रस्तुत गरे । 

अन्तिम प्रस्तुतीकोरुपमा गायक नितेशजंग कुँवर स्टेजमा देखा परे । हङकङेली दर्शकहरुमाझ उनको क्रेज गजब देखियो । नितेशले प्रस्तुत गरेका हरेक गीतमा युवयुवती जुरुक्कै उठेर साथ दिएका थिए ।

विवेक खतिवडाले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय कलाकारहरुसागै स्थानिय प्रतिभाहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

सिजोनको प्रस्तुती रहेको एचके नेपाल नाईटलाई लोचे गुरुङ, अमृत गुरुङ, किशन गुरुङ लगायतले आयोजना गरेका हुन् ।

प्रकाशित :असार ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्