साप्ताहिक संवाददाता
झापा घर भै हाल राजधानीको कपनस्थित बालुवाखानी बस्ने साहित्यकार हरिमाया भेटवालको जीवनसँग जोडिएको नाटक ‘माया’को मञ्चन राजधानीमा सम्पन्न भएको छ । दरबारमार्गस्थित माला आर्टस् एकेडेमीको पहिलो र दोस्रो व्याचका ३१ विद्यार्थीको तीन महिनाको प्रशिक्षण पछि भएको ग्राजुएसन सेरेमोनीका अवसरमा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन गरेका हुन् ।
नाटकले द्वन्द्वकालमा घटेको एउटा वास्तविक घटना प्रस्तुत गरेको छ । नाटकअनुसार नाटककी प्रमुख पाक्र काठमाडौंमा संघर्षरत जीवन बिताइरहेकी हुन्छिन् । एकदिन माइती जानेत्रममा उनी माओवादीको अपहरणमा पर्छिन् । बाटोमा हिँडिरहँदा माओवादीले उनलाई घिसारेर गाडीमा राख्छन् ।
माओवादीको अपहरणमा परेपछि उनले मानसिक यातना पाउँछिन् । नाटकको अन्त्यमा उनी माओवादीबाट रिहा हुन्छिन् । नाट्यकर्मी वीरेन्द्र हमालले निर्देशन गरेको नाटक मायामा आमोद भट्ट, अनिष पण्डित, तिलक गोतामे, विवेक कर्माचार्य, दीपेश गुरुङ, कमल शर्मा, जमिन राजथला, सबिना आचार्य, अनन्तराज सिग्देल तथा सृष्टि आचार्यले अभिनय गरेका थिए ।