साप्ताहिक संवाददाता
आठ वर्षको किर्गिस्तान बसाईपछि कलाकार उषा रजक पुनः रंगमञ्चमा देखिने भएकी छिन् । उनी अर्को कुरुक्षेत्र मार्फत रंगमञ्चमा फर्किन लागेकी हुन् । नाट्यकर्मी अशेष मल्लको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘अर्को कुरुक्षेत्र’को शिर्ष भूमिकामा रहेर अभिनय गर्न लागेकी उषाले आफूलाई आफ्ना दर्शकले नबिर्सिएको दाबि गरेकी छिन् ।
उनले भनेकी छिन् ‘दर्शकले मलाई अझै बिर्सिनुभएको छैन । किनकि, म एक्टर स्टुडियोकी विद्यार्थी हुा । अनुप बराल सरसाग अभिनय सिको । नाटक रुचाउने दर्शकले मलाई सम्झि रहनुभएको छ । यो ‘अर्को कुरुक्षेक्र’ले मेरो अहिलेसम्मको रित्ततालाई सन्तुलित गर्नेछ ।’
उषाले चलचित्र भन्दा थिएटर प्रभावकारी लाग्ने भएर नाटक मार्फत कमब्याक गर्न लागेको उल्लेख गर्दै भनेकी छिन् ‘अभिनयका लागि चलचित्रभन्दा बढी प्रभावकारी थिएटर नै लाग्छ । थिएटर मेरा लागि प्रिय पनि हो ।’
नाटक रुचाउने दर्शकले आफूलाई सम्झिरहेको विश्वास सहित अभिनयमा फर्किएकी उषाले ‘अर्को कुरुक्षेत्र’ले आफ्नो अहिलेसम्मको रिक्ततालाई सन्तुलित गर्ने बताएकी छिन् । यो नाटकमा नाटकमा उषाका साथमा विन्दु बिएम, पास्लाक्पा शेर्पा, मनोज महर्जन, धिरज थापा, आरुष जंग सारु, शोभा कार्की, रिया भारती र कसिना बोखिम लिम्बुको पनि अभिनय रहनेछ । साउन २४ गतेदेखि मञ्चन सुरु हुने नाटक भदौ २१ गतेसम्म चल्नेछ । नाटक बिहिबार बाहेक हरेक सााझ साढे ५ बजे र शनिबार १ बजे अतिरिक्त शो पनि मञ्चन हुनेछ ।