साप्ताहिक संवाददाता
गायक सन्जिब पराजुलीको नयाँ गीतका साथमा बजारमा आएका छन् । ‘हातमा घडी, ठिक्क पर्यो’ बोलको सार्वजनिक गीतमा गायिका टीका प्रसाईंले गायक पराजुलीलाई गायनमा साथ दिएकी छिन् । गीतमा गायक पराजुलीले ‘मायाले जोगी बनायो’ भन्ने भाव ब्यक्त गर्दा गायिका प्रसाईंले ‘ठिक्क पर्यो’ भन्ने भाव व्यक्त गरेकी छिन् ।
सार्वजनिक गीतमा रमेश दाहालको तथा राजनराज शिवाकोटीका संगीत रहेको छ । लोक शैलीमा निर्माण गरिएको गीतमा शब्द तथा संगीतमा गायक पराजुलीको स्वर निक्कै खुलेको छ । भर्सटायल गायक पराजुलीको ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के–कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ लगायतका गीत चर्चामा छन् ।
पछिल्लो पटक सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोमा प्रदिप बास्तोला, अलिशा शर्मा लगायतका कलाकारका साथमा गायक पराजुली पनि देखा परेका छन् । शान थापाले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ । भिडियोमासम्पादन र कलरिंग सुप्रिम पराजुलीले गरेका छन् ।
ठिक्क पर्योको म्यूजिक भिडियो :