संगीतमा निरन्तर लागिरहेका कवि राईलाई हङकङको मोहले तान्यो । हङकङमा आएपछि ब्यवसायमा लागेका कविले संगीतमा खासै समय दिन पाएनन् । होटल ब्यवसायमा तल्लिन उनको मनमा संगीत र श्रृजनाले सदैव ठाउँ लिईरह्यो ।
‘आमा म तिम्रो काखमा रोएको त्यो बेला, भानुभक्तको घाँसी गीत, ए हावा’ जस्ता गीतहरु मार्फत अलग्गै पहिचान बनाएका कवि करिव एक दशक पछि नयाँ गीत र भिडियोसहित बजारमा आउँदैछन् ।
नवराम राईको संगीत, सन्जु राईको शब्दमा ‘म त कुनै फुल भए हुन्थ्यो’ बोलको गीतमा कविले स्वर दिएका छन् । मलाई विश्वास छ, ‘लामो समयपछि संगीतमा आएपनि मेरा श्रोताहरुको मायामा कमी आउँने छैन । ’ कवि भन्छन् – ‘अहिलेको समय गीत सुन्ने मात्र हैन, हेर्ने पनि समय आएको छ, त्यसैले भिडियो पनि एकसाथ ल्याउँदैछु ।’
काठमाडौं आसपासको सुन्दर लोकेशमा खिचिएको भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका छन् । भिडियोमा मोडलद्धय निराजन प्रधान र रेखा फागोको रोमान्स देख्न सकिन्छ । हाल सम्पादनको काम भैरहेको गीतको भिडियो चाँडै बजारमा आउँने उनले बताएका छन् ।