साप्ताहिक संवाददाता
लामो समयदेखि मोडलिङमा सक्रिय मोडल तथा कोरियोग्राफर हुन्— हिमानी सुब्बा । दर्जनौं फेसन शोमा क्याटवाक गर्नुका साथै आधा दर्जन नाटकमा अभिनयसमेत गरेकी हिमानी करिब ६ वर्षदेखि कोरियोग्राफरका रूपमा सक्रिय छिन् । सन् २०१३ देखि प्रारम्भ भएको आफ्नो कोरियोग्राफी याक्राका त्रममा उनले करिब २ सयवटा सौन्दर्य प्रतियोगितामा काम गरिसकेकी छिन् । केही साताअघि मात्र सर्वोत्कृष्ट फेसन कोरियोग्राफरको एवार्ड जित्न सफल कोरियोग्राफर लिम्बु र तीजको सम्बन्ध नङ–मासुको झैं छ ।
तीजको व्रत बस्न थाल्नुभएको कति भयो ?
सानै उमेरदेखि तीजको व्रत बस्दै आएकी छु । त्यो बेलाको व्रतचाहिँ रहरै–रहरले बसेकी थिएँ । करिब पाँच वर्षदेखि भने म सबै प्रक्रिया पूरा गरेर व्रत बस्छु ।
तीजको व्रततर्फ कसरी आकर्षित हुनुभयो ?
मेरी आमा हरेक वर्ष तीजको व्रत बस्नु हुन्थ्यो । उहाँले व्रत बसेको देखेरै म पनि व्रत बस्न थालेकी हुँ ।
यो व्रत त निराहार बस्ने चलन छ नि ?
निराहार बस्नु पर्छ भन्ने त थाहा छ तर म पानी मात्र पिएर यो व्रत बस्छु ।
तीजको दिन मन्दिर पनि जानु हुन्छ ?
जान्छु त, म पछिल्लो पाँच वर्षदेखि तीजको दिन बिहान २–३ बजे नै पशुपतिनाथको मन्दिर पुगिसकेकी हुन्छु ।
एकाबिहानै मन्दिर जाँदा कसलाई साथी लानुहुन्छ ?
म प्रायः मेकअप आर्टिष्ट गौरा राईसँग मन्दिर जान्छु । उहाँ पनि नियमित रूपले तीजको व्रत बस्नु हुन्छ ।
तीजको दिन नाचगान पनि गर्नु हुन्छ कि ?
घरमै दिदी–बहिनीहरू भेला भएर नाचगान गर्छौं । घरबाहिर टोलमा नाचगान भैरहेको छ भने त्यहाँ पनि केही बेर कम्मर मर्काऊँछु ।
दर खाने कार्यक्रम कस्तो हुन्छ ?
अचेल सामूहिक दर खाने कार्यत्रम हुन्छ । अघिल्ला वर्षहरूमा सौन्दर्य प्रतियोगिताको फ्रशिक्षणकै क्रममा दर खाइन्थ्यो । यो वर्षचाहिं कुनै रेस्टुराँमा गेट टुगेदर गर्ने योजना छ ।
यो वर्ष तीजको त्रेज केही घटेको हो ?
मैले पनि त्यस्तै महसुस गरेकी छु । अघिल्ला वर्षहरूमा तीजको रमझम एक महिनाअघिदेखि नै देखिन्थ्यो । यो वर्ष त्यस्तो रमझम देखेकी छैन । प्रशासनले पार्टी प्यालेसहरूमा दर खाने कार्यक्रममा कडाइ गरेका कारणले पो हो कि ?