ज्योति मगर, गायिका
उपयुक्त पुरुषमा हुनुपर्ने गुण
स्वावलम्बी, महिलालाई सम्मान गर्ने अनि आकर्षक ।
सेक्सी लाग्ने पुरुष कलाकार
प्रशान्त ताम्राकार, रविन तामाङ तथा विराज भट्ट ।
सेक्सी लाग्ने महिला कलाकार
सुष्मा कार्की र माला लिम्बू ।
चुम्बन कि सेक्स ?
चुम्बन ।
तपाईंको जीवनमा ग्ल्यामर नभएको भए ?
पक्का रोल्पाली जीवन बाँचिरहेकी हुन्थें ।
आकर्षक लाग्ने आफ्नै अंग ?
मलाई आफ्नो कुनै पनि अंग मन पर्दैन ।
लगाउन मन पर्ने आउट फिट ?
वानपिस ।
विदेशको कुन कुराले लोभ्याउँछ ?
नीति–नियम तथा अनुशासनले ।
प्रेम प्रस्ताव ?
चाहिनेभन्दा बढी आउँछन् ।
कसरी प्रतिक्रिया दिनुहुन्छ ?
म रियाक्ट नै गर्दिनँ ।
सार्वजनिक रूपमा अपमानित महसुस गरेको क्षण ?
मलेसियाको एउटा कार्यक्रममा माइकको तारमा अल्झिएर स्टेजमै लडेकी थिएँ ।
कसरी सम्हालिनुभयो ?
दर्शकहरूको मायाले आफूलाई थाम्नै सकिनँ भन्दै स्थिति सम्हालें ।