साप्ताहिक संवाददाता
भाद्र २५, २०७६
गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिल चोर्ने माकुरी’ अर्थात् मखमली चोली– २ बोलको गीत सार्वजनिक गरिएको हो । मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली– २ तयार गरेको हो ।
दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।
शान थापाको निर्देशनमा बनेको यस गीतको म्यूजिक भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।