साप्ताहिक संवाददाता
गायक प्रमोद खरेलको नयाँ गीत ‘ज्यानमाया’ बजारमा आएको छ । प्रमोदको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । ज्यानमायाले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको व्यक्त गरेका छन् । गीत आफ्ना स्रोताका लागि दसैंको कोसेली भएको गायक खरेलले बताएका छन् ।
लोकाधुनिक शैलीको यो गीतमा नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने पुरुषोत्तम सुबेदीले गरेका हुन् ।
म्युजिक भिडियोमा अन्जली अधिकारी प्रमोदकी ज्यानमाया बनेर देखिएकी छिन् । गीतको म्युजिक भिडियोमा हिमांंशु कार्कीले पनि अभिनय गरेका छन् ।
प्रबिन थापाको निर्देशनमा बनेको ज्यानमायाको म्युजिक भिडियोलाई बासु बरालले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ गरेका छन् ।
खुशी इन्टरटेनमेन्टको प्रस्तुति ‘ज्यानमाया’ ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो ।
गीतको म्यूजिक भिडियो :