• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
बलिउड अभिनेता दीपराज भन्छन्, ‘यहाँ चम्किन निकै गाह्रो छ’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

बलिउड अभिनेता दीपराज भन्छन्, ‘यहाँ चम्किन निकै गाह्रो छ’
आश्विन २६, २०७६
काठमाडौं

दीपराज राणालाई चिनाउने धेरै बलिया आधार बनिसकेका छन् । बलिउडमा लामो समयदेखि सक्रिय उनी अहिले ‘दवगं ३’ को छायाँकनमा ब्यस्त छन् । यसअघि उनले धेरै हिट चलचित्रमा काम गरिसकेको अनुभव छ । अचम्मको कुरा त के छ भने सलमान खानको मुख्य भुमिका रहेको पहिलो चलचित्र ‘मैने प्यार किया’ को अभिनेताका लागि दीपराज समेत टप ५ मा परेका थिए । पछि चलचित्र निर्माण टिमले सलमानलाई रोजेको थियो । त्यसपछि उनी आफ्नो बाटो लागे । बिस्तारै सलमानसँग धेरै चलचित्रमा ठोक्किए । यसपटक भारतको मुम्बई पुगेर कान्तिपुर पब्लिकेशन्सका रामजी ज्ञवालीले उनीसँग लामै गफगाफ गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।

कस्तो चल्दैछ जिन्दगानी ?

धेरै राम्रो चलिरहेको छ । प्रोजेक्टको कुनै कमी छैन । राम्रा–राम्रा प्रोजेक्टहरु पाइरहेको छु । केहि स्क्रिप्ट पढिरहेको छु ।

अहिले कुन प्रोजेक्टमा ब्यस्त हुनुहुन्छ ?

अहिले ‘दबगं ३’ को सुटिङमा ब्यस्त छु । यो चलचित्रमा म नेगेटिभ भुमिकामा देखिनेछु । त्यसबाहेक केहि सिरियलहरु समेत हातमा छन् ।

बलिउडमा यति धेरै चलेको कलाकारले साना–तिना प्रोजेक्टमा के काम गर्नु भन्ने हुन्न ?

मेरो यो आफ्नै किसिमको परिचय हो । खासमा कलाकार भएपछि जस्तोसुकै काम पनि गर्न सक्नुपर्छ । अर्को कुरा सानो ब्यानर भएपनि राम्रो रकम आउँछ, किन छाड्नु भन्ने सोचअनुसार मैले हरेक किसिमका कामलाई सम्मान गरेर भ्याएसम्म काम गर्दै आएको छु ।

अहिलेसम्म कति चलचित्रमा काम गर्नुभयो होला ?

हातले टिपेर त राखेको छैन । तर, साना देखि ठुला ब्यानरका चलचित्र गरेर १ सयको हाराहारी पुगेका छन् ।

पहिलो पटक कलाकार बन्छु भनेर कहिले सोच्नुभयो, याद छ ?

मैले कक्षा ८ बर्षको हुँदा एउटा एउटा कपीमा खाली स्थान भर्नुपर्ने थियो । त्यहाँ कलाकार लेखेको रहेछु । सायद, त्यहिबेला मैले पहिलोपटक कलाकार बन्छु भनेर सोचेको हुँ ।

पहिलो बलिउड प्रोजेक्ट कुन थियो ?

मैले सुरुमा काम गरेको प्रोजेक्ट ‘उडान’ हो । यो सिरियल निकै हिट थियो ।

कुन चलचित्रबाट बलिउड यात्रा थाल्नुभयो ?

अमिताभ बच्चनसँग ‘मै आजाद हुँ’ मा काम गर्ने अवसर पाएँ ।

पहिलो चलचित्रनै अमिताभसँग काम गर्नुभयो, कस्तो लाग्यो ?

पहिलो कुरा त मैले यो चलचित्र हातमा परेपछि निकै खुसी भएँ । यो चलचित्रमा अमिताभ बच्चन समेत हुनुहुन्छ भन्ने कुरा थाहा पाएपछि खुसीको सीमा रहेन ।

तपाईँ त सलमान खानको मुख्य भुमिका रहेको चलचित्र ‘मैले प्यार किया’ को सर्ट लिस्टमा समेत हुनुहुन्थ्यो रे, किन सेलेक्ट हुनुभएन ?

यसको जवाफ त अहिलेसम्म पाएको छैन । तर, मलाई सलमानले जुन भुमिकामा काम गर्नुभयो त्यो रोलका लागी टप ५ राखेको थाहा पाएँ । अनि, छान्ने बेलामा सलमानलाई बोलाएर राखेको रहेछ, पछि मात्रै थाहा भयो ।

बलिउडमा यो स्थानसम्म आउनुभयो, के बुझ्नुभयो ?

अभिनयको किताव पढेर अभिनेता–अभिनेत्री बन्न सकिन्न । तर, किताबमा के लेखेको छ भन्ने कुरा हरेक कलाकारले जान्नुपर्छ । मैले अहिलेसम्म बुझेको कुरा के हो भने, बलिउडमा हार र जित भैरहन्छ । तर, टिकेर संघर्ष गर्न सक्नुपर्छ । तपाईँले एकपटक हरेक कलाकारको विगत हेर्नुस्, उनीहरुको जीवनमा पनि निकै उताव–चढाव पढ्न सक्नुहुन्छ ।

बलिउडमा दैनिक कति व्यक्ति कलाकार बन्न मुम्बईका गल्ली धाउँछन् होला ?

ठ्याक्कै यत्ति भन्ने कुनै आँकडा त छैन । तर, मेरो बुझाईमा कम्तीमा एक लाख व्यक्तिले कुनै न कुनै भुमिकाका लागी दिनरात मुम्बईका गल्ली चहार्छन् होला ।

बलिउड कसरी छिर्नुभयो ?

स्ट्रगलका कुरा बताइराख्ने कुरा होइन । किनभने, हरेक व्यक्तीले जिवनको कालखण्डमा आफ्ना सपना पुरा गर्नका लागि स्ट्रगल गर्नैपर्छ । मैले सानोँ छँदा कलाकार बन्छु भन्ने कुरा सोचेपछि म मुम्बई आएँ । केहि समय मज्जाले डुलेँ । चलचित्रमा काम गर्न भनेर केहि समय ट्रेनिङ लिएँ । पछि एक थियटरमा ५ बर्ष जति निरन्तर काम गरें । त्यसपछि धेरै कुरा थाहा पाएँ । अनि मात्रै हातमा प्रोजेक्ट हात पर्दै गएको हो ।

बलिउडका कलाकारहरु कामप्रति कत्तिको इमान्दार छन् ?

पहिलो कुरा त के हो भने, बलिउडमा काम पाउन धेरै गाह्रो छ । यस्तो ठुलो प्रतिस्पर्धात्मक उद्योगमा कुनै पनि व्यक्तिले काम पाएपछि निकै इमान्दार भएर काम गर्छ । यति मात्रै कुरा होइन, यहाँ काम गर्ने साना देखि ठुला कलाकारसम्म सबै प्रोफेसनल छन् । किनभने, एउटा सानो दृश्यमा काम गर्दा समेत पैसा पाइन्छ ।

बलिउडमा चम्किन गाह्रो छ ?

मैले ३० बर्षदेखि यो ठाउँमा संघर्ष गरिरहेको छु, चम्किनका लागि । भाग्यले कहिले साथ दिन्छ पत्तो हुँदैन । यहाँ कसैले कसैलाई सुपरस्टार बनाउन सक्दैन ।

जीवनमा कहिल्यै अर्को दोस्रो जागीर गर्नुभयो ?

आजका दिनसम्म मैले अभिनय बाहेक केहि गरेको छैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik