• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
अब पनि नचले चलचित्र उद्योग छोड्छु : सुशिल श्रेष्ठ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

अब पनि नचले चलचित्र उद्योग छोड्छु : सुशिल श्रेष्ठ
कार्तिक १, २०७६
काठमाडौं

चलचित्र ‘होस्टेल रिर्टन्स’मा एउटा अनौठो संयोग छ । कुरा के भने, यो चलचित्रमा तीनवटा नयाँ अनुहार थिए, – सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का र नाजिर हुसेन । चलचित्रमा हिरो–हिरोइन बनेर चिनिने उनीहरुको उदेश्य थियो । यो चलचित्रले उनीहरुको त्यो उदेश्य मात्रै पुरा गरेन, उनीहरुलाई राम्रैसँग चम्कायो ।

यो प्रोजेक्टको सफलतापछि यी तीन चेहरा पनि राम्रै चम्किए । त्यसपछि धमाधम व्यस्त बने उनीहरु । उनीहरुको हातमा एकपछि अर्को चलचित्र पर्दै गयो ।

नाजिर र स्वस्तिमा धमाधम काम गरिरहेका बेला बिचमा एकाएक के भयो भने, सुशिल श्रेष्ठ खुसुक्क हराए, कसैले पत्तो पाएन । धेरैले उनी कहाँ हराए खोजेनन् । अनुमानको भरमा उनीहरुको दावी थियो, ‘चलचित्र नपाएपछि सुशिल गुमनाम भए ।’ तर, कुरा त्यस्तो रहेनछ । उनले चलचित्र पाइरहेका थिए । ति चलचित्रबाट राम्रै रकम समेत बुझिरहेका थिए । सुशिल भन्छन्, ‘आज पहिलोपटक यो कुरा भन्नैपर्छ । मैले पहिलो चलचित्रमा जति प्रशंसा बटुले, त्यसपछिका चलचित्रमा मैले गरेको कामलाई यो उद्योगले मलाई चित्त बुझाएन कि जस्तो लाग्यो । सोहि कारण म गुमनाम जिवन बिताउन खोजेको हुँ ।’

होस्टेल रिर्टन्सपछि उनले चलचित्र ‘सायद २’ र ‘कारखाना’मा काम गरे । तर, यी दुबै चलचित्र मज्जाले थेचारिए । ‘सायद २’ सुनिल रावलको काण्डले पछारियो । कारखाना आफ्नै चलचित्रका निर्माता र निर्देशकको वे–वास्ताका कारण । यसको प्रत्यक्ष असर सुशिललाई राम्रैसँग परेछ । अभिनेता सुशिल थप्छन्, ‘मैले यी दुई चलचित्रको असफलतापछि यो उद्योगबाट टाढै बस्न खोजेको थिएँ, तर नजिकको मित्र शाहिल खानले जर्बजस्त एकपटक सोच्न बाध्य पारे ।’

त्यसो त शाहिल सहित चलचित्र ‘लभ डायरिज’का निर्माता तथा निर्देशकको टिमलाई सुशिलले पहिलो प्रस्तावका बेला स्क्रिप्ट नपढेर पठाए । फेरी अर्को पटक उनीहरु सुशिलसँग पुगेपछि उनले मज्जाले स्क्रिप्ट सुने । चलचित्रलाई सकेसम्म मिहेनत गरेर राम्रो प्रोजेक्ट दर्शकसामु पु–याउने सहमती भएपछि सुशिलले चलचित्र साइन गरे । यो चलचित्रको छायाँकन सकिएलगत्तै उनलाई अर्को राम्रो अफर आयो । उनले लगत्तै ‘बादशाह जुट’मा काम गरे । उनका यी दुइवटा प्रोजेक्ट प्रदर्शनको संघारमा छन् ।

एकाएक चलचित्र उद्योगबाटै टाढिने निर्णपछि साथीभाइको दबाबका कारण उद्योगमा कमब्याक भएका सुशिलले अब यी दुई चलचित्र पनि चलेनन् भने के गर्छन् ? फेरी अर्को प्रोजेक्टमा काम गर्छन् या गर्दैनन् ? उनी भन्छन्, ‘दर्शक भनेका कलाकारका भगवान हुन्, जब उहाँहरुले पत्याउनु भएन भने बेकारमा चलचित्र गरिरहनु ठिक हो जस्तो लाग्दैन ।’ उनको संकेत के छ भने, दुई प्रोजेक्टले पनि खुसी नबनाए सुशिलले चलचित्र उद्योग छाड्नेछन् । हातको कफि टेबलमा राखेर रुमालले अनुहार पुछ्दै सुशिलले थपे, ‘मलाई यो ठाउँमा बनेको कफी मन परेन भने कहिल्यै फर्किर आउने छैन, त्यस्तै हो जब मैले गरेका कामलाई दर्शकले मन पराउनुहुन्न भने किन चलचित्रमा काम गरिरहने ?’

खाइलाग्दो ज्यान । राम्रो अभिनय क्षमता । मिलनसार स्वभाव । आफ्नै पनको जीवनमा रमाउन खोज्ने सुशिल श्रेष्ठलाई दर्शकले किन पत्याएनन् ? यो प्रश्नको जवाफ उनीसँग छैन । ‘कहिलेकाहिँ पटक–पटकको असफलतापछि सफलता मिलेका उदाहरण छन्, कफिपछि चिसो एक गिलास पानी एकैपटकमा रित्याइदिएर सुशिलले थपे, ‘अबपनि चलचित्र चलेन भने म यो उद्योगमा भुलिरहनु ठिक हुनेछैन, आफ्नो बाटो लाग्दा मेरो र उद्योगका लागि समेत राम्रो हुनेछ ।’

पछिल्ला दुई चलचित्रमा गरेका भुमिकाप्रति सुशिल केहि आशाबादी भने छन् । कात्तिक १५ मा प्रदर्शन हुने ‘बादशाह जुट’ मा उनी पत्रकारको भुमिकामा देखिनेछन् । यो चलचित्रमा अघिल्ला धेरै चलचित्रको तुलनामा अधिक मिहेनत गरेको सुशिल बताउँछन् । यो चलचित्रमा उनले एक संघर्षशिल पत्रकारको भूमिकामा काम गरेका छन् । त्यसअघि काम गरेको लभ डायरिजमा एउटा अजिवको प्रेमिको भुमिकामा काम गरेका छन् । बिचमा उनले अर्को एक चलचित्रमा काम गरेका थिए । उक्त समयमा एक्सन शिन गर्ने क्रममा सुशिलको नाक भाँचिएको छ । उक्त चलचित्रको नाम नखुलाएर उनले भने, ‘निर्माण टिमभित्रै विभिन्न किसिमको झगडा भएपछि चलचित्रको सुटिङ रोकिएको छ । लगभग यो चलचित्र निर्माण नहुने निश्चित छ ।

छोटो समयमा चलचित्र उद्योगलाई धेरै बुझेको बताउने सुशिलले अन्तिममा फेरी थपे, ‘लभ डायरिज र बादशाह जुटले के बाटो देखाउँछ त्यहि बाटोमा लाग्ने निर्णय गरेको छु । दर्शकको गाली खाएर यो उद्योगमा बसिरहन उनलाई पटक्कै मन छैन ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik