साप्ताहिक संवाददाता
अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषी भुटानीहरुको समूह भुटानिज सोसाइटी अफ वेष्टर्न म्यासाचुसेट्सको बार्षिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निकै भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।
नेपाली समुदायको संस्कृती र परम्परालाई प्रर्वदन गर्ने हेतुले आयोजित कार्यक्रममा उल्लेख्य नेपाली भाषी भुटानिहरुको सहभागिता थियो ।
स्प्रिङ फिल्डको युनाइटेड मेथोडिस्ट ट्रिनीटी चर्चमा आयोजित कार्यक्रमलाई एसए इन्टरटेनमेन्टले आयोजना गरेको थियो । उक्त कार्यक्रममा अस्टे«लियामा बसोबास गर्दै आएका नेपालका चर्चित गायक समिर आचार्यले निकै रोचक प्रस्तुती दिए । उनले आफ्ना हिट गीतहरु सुनाउँदा उपस्थित माहौल संगीतमय भयो । नेपालीहरु खुलेर रमाइलो गरे । उनीसँगै गायक राज खम्बु र मनी राईको साँगितिक प्रस्तुती पनि हेर्न लायक थियो ।
भुटानिज सोसाइटी अफ वेष्टर्न म्यासाचुसेट्सले विगतदेखीनै यस्ता किसिमका कार्यक्रम गर्दै आएको छ । आगामी समयमा पनि भुटानिज सोसाइटिमा रहेका नेपालीहरुबिच कसरी आत्मियता बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न कार्यक्रम गर्दै जाने आयोजकले जानकराी दिएको छ ।