लम्साललाई संगीत रत्न सम्मान

- साप्ताहिक संवाददाता

कार्तिक १७, २०७६

नेपाली गीत/संगीतमा रुचाहिएको नाम हो– हरि लम्साल । २०५६ सालमा गायक बन्ने सपना बोकेर राजधानी छिरेका लम्सालले २०५८ सालमा ‘नरोए प्रिया’ बोलको गीतमा पहिलो पटक संगीत थिए । उनलाई उनका स्रोता दर्शकले सुरेश अधिकारीले गाएको यहि गीतबाट संगीतकारका रुपमा पत्याएका थिए । तर, उनले सांगीतिक क्षेत्रको औपचारिक यात्रा भने २०६१ साल तिरबाट आरम्भ गरेका हुन् । त्यस यता उनले पछाडी फर्केर हेर्नु परेन् । 

गायक बन्ने सपना बोकेर सांगीतिक क्षेत्रमा आएका लम्साल गायनमा भन्दा संगीतमा कहलिए । उनले पानीको फोकाजस्तैदेखि परानै दिन्छु बोलको गीतसम्म आईपुग्दा थुप्रै लोकप्रिय गीतमा संगीत गरेका छन् । संगीतमा रमाउँदै गर्दा उनले करिब २०/२२ वटा गीतमा आवाज पनि नदिएका होईनन् । तर, उनी आफैंलाई पनि लाग्यो मेरो गायनलाई भन्दा मेरा स्रोता/दर्शकले मेरो संगीतलाई बढी मन पराए । 

उनको यो भ्रम थियो । हरि लम्सालको यो भ्रम पनि पछिल्लो समय लोकप्रिय बन्न सफल गीत ‘परानै दिन्छु’बाट टुटिसकेको छ । लम्साल आफैंले मेलिना राईसँग गाएको यो गीतले लम्साललाई अब्बल गायकका रुपमा दर्ज गर्न सफल भैसकेको छ । 

उनै गायक तथा संगीतकार हरि लम्साललाई विन्धयवासिनी फाउण्डेशनले यो वर्षको संगीत रत्न सम्मान प्रदान गरेको छ । फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको २५ हजार राशी सहितको यो सम्मान यो वर्ष संगीतकार हरि लम्साललाई प्रदान गरिएको हो । शनिबार राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा एक भव्य कार्यक्रमको आयोजना गरि लम्साललाई उक्त सम्मान प्रदान गरिएको थियो ।

 

प्रकाशित :कार्तिक १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×