साप्ताहिक संवाददाता
कार्तिक १९, २०७६
गीतकार रमेश सुवेदी एक राष्ट्रिय गीतका साथमा पुन: सांगीतिक बजारमा आएका छन् । उनले आफ्नो पछिल्लो गीत मार्फत देशलाई माया गर्ने हर कसैलाई अप्ठ्यारोमा नडराउन आग्रह गरेका छन् । यहि आग्रह सहित उनले लेखेका छन् ‘अप्ठ्यारोमा नडराउ देशलाई माया गर्नेहरु ।’
उनले लेखेको यो गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । मनोजराजले गाएको गीतको म्यूजिक भिडियो कवि हेम प्रभासले निर्देशन गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा हिराकाजी महर्जन, गीतकार सुवेदी र संगीतकार श्रेष्ठका साथमा अन्य थुप्रै कलाकारले अभिनय गरेका छन् । विरेन्द्र भाटको छायांकन तथा सम्पादन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई गोल्डेन क्रियशनले बजारमा ल्याएको हो ।
गीतको म्यूजिक भिडियो :