सप्तरंगको रौनक

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७६

लोकप्रिय कलाकारहरूको एउटा समूह ‘सप्तरंग–२’ शीर्षकको सांस्कृतिक कार्यक्रममार्फत देशका सातै प्रदेशको यात्रामा सहभागि भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको यो कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत तथा रवि ओड, गायिका मेलिना राई तथा अभिनेता जितु नेपाल सहभागी छन् ।

गत बुधबार बिर्तामोडबाट प्रारम्भ भएको यो कार्यक्रम आज शुक्रबार वीरगन्ज, पर्सि आइतबार चितवन, मंगलबार नेपालगन्ज, बिहीबार सुर्खेत, शनिबार महेन्द्रनगर तथा मंसिर ४ गते बुधबार पोखरा पुगेर सम्पन्न हुनेछ । 

 

प्रकाशित :कार्तिक २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्