साप्ताहिक संवाददाता
विश्वव्यापी रूपमै गीतको लोकप्रियताको मापन गर्ने सजिलो माध्यम भएको छ– यूट्युब । नेपालमा पनि यूट्युबलाई नै गीतको लोकप्रियताको आधार मान्न थालिएको छ । कुन गीतको भिडियो कति पटक हेरियो, कतिवटा लाइक अथवा डिसलाइक पायो तथा कतिवटा कमेन्ट आयो भन्ने कुराले गीतको लोकप्रियताको मापन हुन थालेको छ । कुनै बेला एउटा नेपाली गीत एक करोड पटक हेरियो भने चर्चाको विषय हुन्थ्यो । अहिले औसत गीतले नै सहजै एक करोड भ्युज प्राप्त गर्न थालेका छन् । यूट्युबमा पाँच करोडभन्दा बढी पटक हेरिएका पाँचवटा नेपाली गीत :
१. कुटुमा कुटु
चलचित्र : दुई रुपैयाँ
संगीतकार : राजनराज शिवाकोटी
गीतकार : राजनराज शिवाकोटी
स्वर : राजनराज शिवाकोटी तथा मेलिना राई
भ्यूज : ११ करोड ३६ लाख
कोरियोग्राफर : कविराज गहतराज
२. नाच फिरीरी
गायक : महेश काफ्ले तथा मेलिना राई
संगीतकार : महेश काफ्ले
गीतकार : महेश काफ्ले
भ्युज : ५ करोड ३२ लाख
निर्देशक : निश्चल बस्नेत
३. गोजीमा दाम छैन
स्वर : राजनराज शिवाकोटी, मेलिना राई तथा गृष्मा शिवाकोटी
संगीतकार : राजनराज शिवकोटी
गीतकार : हरिहर तिमिल्सिना
कोरियोग्राफर : प्रविण सिंह
भ्युज : ५ करोड ३१ लाख
४.सालको पातको टपरी
स्वर : कुलेन्द्र विश्वकर्मा तथा विष्णु माझी
संगीतकार : वसन्त थापा
गीतकार : नवराज पन्त
भ्यूज : ५ करोड २६ लाख
निर्देशक : शिव बिक
५. पिरिम नलाउने
स्वर : आशिष सचिन तथा मेलिना राई
संगीतकार : दीपक शर्मा
गीतकार: दीपक शर्मा
निर्देशक : सुव्रत आचार्य
भ्युज : ५ करोड १० लाख