अफिसमा कस्तो खाजा खाने ?
प्रत्येक व्यक्तिको दैनिक क्यालोरीको आवश्यकता उसको शरीर, लैंगिक अवस्था तथा शारीरिक क्रियाकलाप अनुसार फरक–फरक हुन्छ । शरीरको आवश्यकता अनुसार शक्तिको परिणाम निर्माण हुन्छ । शरीरमा आवश्यकताअनुसार शक्ति प्राप्त भएन भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । अफिसमा दैनिक खाजा खाँदा सन्तुलित किसिमले खानुपर्छ ।
खाजामा यसरी सन्तुलन मिलाउन सकिन्छ
अफिसमा खाजा खाँदा चिल्लो कम भएका चिजहरू जस्तै रोटी–परौठा–दही आदि रोज्नुपर्छ ।
सिजनका फलफूल १ सयदेखि ३ सय ग्रामसम्म दैनिक खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
खाजासँगै शरीरमा पानीको मात्रा पनि कम हुन दिनु हुँदैन् । त्यसैले दिउँसो ३ लिटरसम्म पानी पिउनुपर्छ ।
अफिसमा खाजाका रूपमा तरकारी पनि खान सकिन्छ । दिउँसो १ प्लेट तरकारी पर्याप्त हुन्छ ।
शरीरको शक्ति सन्तुलन कायम राख्न क्यालोरीको परिमाणमा मात्र ध्यान नदिई शारीरिक क्रियाकलापमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ ।
मकैले कोलेस्ट्रोल कम गर्ने भएकाले अफिस खाजाका रूपमा मकै पनि खान सकिन्छ ।