साप्ताहिक संवाददाता
लोकप्रिय गायक रामकृष्ण ढकालको ‘नजिक आउनुमा...’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सिर्जना प्रस्तुत गरिन्छ ।
टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीत च्यानल आरबिट्रीमार्फत् युट्युबमा अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।
सानै उमेरदेखि सांगीतिक यात्रामा निस्किएका ढकालका झण्डै ५ हजार गीत रेकर्ड भएका छन् । उनले चलचित्रमा अभिनय समेत गरेका छन् । सानो उमेरमै स्वरसम्राट नारायणगोपालका लोकप्रिय गीतहरू गाएर सांगीतिक यात्राको सुरुवात गरेका ढकाललाई धेरैले स्वरसम्राटको अर्को अवतार समेत भन्ने गरेका छन् । उनका थुप्रै गीत लोकप्रिय तथा सदाबहार छन् ।
नेपाली संगीत बजारमा निरन्तर लोकप्रिय रहेका ढकालका गीतले श्रोतालाई एकै समयमा मुस्काउने र रुवाउने बनाउँछन् । आफ्नो संगीतको जादु विश्वभर प्रस्तुत गरेका ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा आफ्नो लोकप्रिय गीत ‘नजिक आउनुमा’ प्रस्तुत गरेका हुन् ।