हङकङमा फोटो पत्रकारीता गरिरहेका कृष्ण गुरुङले आउँदै गरेको ल्होसारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरेका छन् । कृष्णको शब्द रहेको छ्याजलो/नमस्कार बोलको गीतमा राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको छ । गायनमा राजनराजलाई गायिका मिलन नेवारले साथ दिएकी छिन् ।
गीतमा अमोस तामाङको एरेन्ज रहेको छ भने किशोर थापाले मिक्सिङ गरेका छन् । काठमाडौ स्थित ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीत ल्लोसारको लागि थिम गीत बन्नेमा ढुक्क छन् कृष्ण ।
कृष्ण भन्छन् ‘कुनै एक भाषा, जातीको परम्परा, भेषभुषा र संस्कृती समग्र नेपालीहरुको गौरवको प्रतिक हो । सवैले बुझ्ने भाषामा ल्लोसारको थिम गीत खासै बनेको छैन । हामी विदेशमा छौँ, कार्यक्रमको दौडानमा यस्तो गीत बज्दा अझ अपनत्व महशुस हुने रहेछ । यहि सोचले गीत तयार भयो ।’
पछिल्लो समयका चर्चित गायक तथा संगितकार राजनराज हङकङलाई दोश्रो नेपालको दर्जा दिन्छन् । हङकङमा आफ्ना आफन्त र शुभचिन्तकहरु धेरै भएकाले हरेक गीतलाई सकारात्मक प्रतिक्रिया दिनुहुन्छ । आशा छ अवको ल्होसारमा छ्याजलो गीतले हङकङ घन्काउनेछ उनी भन्छन् ।।