साप्ताहिक संवाददाता
मंसिर ३०, २०७६
पछिल्लो समय रुचाहिएकी गायिका हुन्– मेलिना राई । आधुनिकदेखि चलचित्रको पाश्र्व गायनमा ब्यस्त यि गायिकाका थुप्रै गीत लोकप्रिय छन् । यिनै गायिका राईको आवाजमा पछिल्लो समय ‘पञ्चेबाजा’बोलको गीत रिलिज भएको छ ।
राईको आवाज रहेको उक्त गीत गायनमा मेलिनासँग गायक गगन पुनले सहकार्य गरेका छन् । देव पुनको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पुन र आरुषी मगरको अभिनय छ ।
नौमती बाजा समूह दग्नामको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन देव पुनले गरेका छन् भने छायांकन देव पुन र कमल पुनले गरेका छन् । म्युजिक भिडियोको सम्पादन छवि रानाले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :