साप्ताहिक संवाददाता
पुस ८, २०७६
देशको मिचिएको सिमानालाई लिएर तयार पारिएको थारु भाषाको गीत सार्वजनिक भएको छ । ‘लिपुलेक हमार हो, कालापानी हमार हो...’ बोलको थारु भाषाको गीत सार्वजनिक भएको हो ।
गायक कुलवीर चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको उक्त गीतमा नरेश जोगीले संगीत गरेका हुन् । गायक चौधरीले संगीतमा पनि जोगीसँग सांगीतिक सहकार्य गरेका छन् । गीत गायकले लेखेका हुन् ।
गीत मार्फत गीतकारले बलियो छु भनेर हेप्न पाइदैन तथा कमजोर छ भनेर च्याप्न पाइदैन् भन्दै भारतलाई सचेत गराएका छन् ।
गीतको भिडियो :