साप्ताहिक संवाददाता
स्याउलाई सबैभन्दा स्वास्थ्यबर्धक फलफूल मानिन्छ । त्यसैले – one apple a day, keep the Doctor away भनिएको हो । तर, त्यहि स्याउ भित्र रहेका बियाँ बिष समान हानिकारक हुन्छन भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । स्याउको बिउमा Amygdalinभन्ने तत्व हुन्छ । जसमा Cynide र Sugar हुन्छ ।
यो निलेपछि पाचन प्रक्रियामा जाँदा Hydrogen साइनाइड बन्दछ । हाइड्रोजन साइनाइड विषाक्त एबम घातक हुन्छ । कहिलेकाँही दुई चार बियाँ निलिएमा डराउनु पर्दैन ।
धेरै बियाँ चपाएर खाएमा साइनाइडले मुटु र मस्तिष्कलाई क्षति गर्दछ । जसले गर्दा coma र death हुनसक्छ ।
यसले कसरी गर्छ हानि ?
साइनाइड खतरनाक विष हो । जब यो शरीरमा प्रवेश गर्छ, त्यसले सबैभन्दा पहिला अक्सिजनको आपूर्तिमा समस्या ल्याउँछ । अवरोध पुर्याउाछ र तुरुन्तै ज्यान जान पनि सक्छ ।
स्याउको दुई सय बियाँले बनेको चूर्ण मानव शरीरका लागि एकदम खतरनाक हुन्छ । यसमा पाइने साइनाइडले मस्तिष्क र हृदयमा तिव्र असर गर्छ । यसले मान्छेलाई कोमामा पुर्याइदिन्छ । यदि धेरै मात्रामा साइनाइडको सेवन गरियो भने तुरुन्तै सास लिन समस्या हुन्छ । मुटुको धड्कन बढ्न थाल्छ । रक्तचाप न्युन हुन्छ । मानिस बेहोश हुन्छ ।
यसको आशिंक सेवनले चक्कर आउने, पेट दुख्ने, बान्ता आउने जस्ता समस्या देखिन्छ ।