२३ वर्षपछि आउने भयो ‘आँसु–३’

- साप्ताहिक संवाददाता

पुस २१, २०७६

गायक तथा संगीतकार तिलकसिंह पेला ‘आँसु–३’ नामक एल्वमका साथमा बजारमा आएका आउने तयारीमा छन् । उनले २०५३ सालमा ‘आँसु’ तथा  २०५४ सालमा ‘आँसु–२’ नामक गीति एल्वम बजारमा ल्याएका थिए । उनै गायक तथा संगीतकार पेलाले दोस्रो एल्वम सार्वजनिक गरेको २३ वर्षपछि ‘आँसु–३’ नामक एल्वम सार्वजनिक गर्न लागेका हुन् । 

शास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार पेलाले आँसु एल्वमको तेस्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गरेका हुन् । ‘आँसु–३’मा नेपाली गजल, आधुनिक गीत, एउटा हिन्दी भजन गरी आठवटा रचना समावेश गरिएको छ । तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको हो ।  

एल्वम भने आगामी  पुस– २६ गते औपचारिक समारोहबीच सार्वजनिक गरिनेछ । ज्ञान बिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाामा आफू फर्केको पेला बताउाछन्।

 

प्रकाशित :पुस २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×