कीर्तिपुरको राराहिलमा ढलेको जामुनको रुख

- साप्ताहिक संवाददाता

पुस २४, २०७६

कीर्तिपुर राराहिलमा रहेको ‘थिएटर मल कीर्तिपुरमा’ नाटक ‘जामुनको रुख, सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दको कथामा आधारित नाटकमा रंगकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन हेर्न सकिन्छ । 

सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि जामुनको रुख नाटक सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयताबाट भागेकाहरुलाई देखाएर नाटकको कथा अगाडी बढेको छ ।

 

१ घण्टा १० मिनेट लामो यो नाटकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । हरेक दिन बेलुकी ४:३० बजे र शनिबार दिउँसो २ बजे मञ्चन भैरहेको यो नाटक आगामी माघ ४ गतेसम्म मञ्चन हुने छ ।

‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राई लगयतलाई मञ्चमा देख्न सकिन्छ । 

जामुनको रुखको मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन सुरु भएको छ । यो नटकघरको उद्घाटन गत वर्षको फागुनमा गरिएको थियो ।

 

प्रकाशित :पुस २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×