युगल जोडी संजिव र टीका पोखरामा गुञ्जदै

- साप्ताहिक संवाददाता

पुस २४, २०७६

युगल गायनमा लोकप्रिय बनेको जोडी हो गायक संजिव पराजुली र गायिका टीका प्रसाईंको । उनीहरुले युगल गायन गरेका ‘नाई मलाई थाहा छैन, कर्के नजर, माया लुकी लुकी’ लगायतका गीत चर्चामा छन् । युगल गायनको यहि जोडी पोखरामा एक साथ गुञ्जने भएको छ । 

आउँदो माघ ४ गते पोखरा उद्योग वाणिज्य संघको सभा हलमा उनीहरु एकसाथ सुनिने भएका हुन् । अनुपम म्युजिक पोखरा, लायन्स क्लब अफ पोखरा र आदर्श चौतारीले सयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छन् । 

कार्यक्रममा आफ्ना लोकप्रिय गीतका साथमा अग्रज कलाकारका केहि गीत पनि प्रस्तुत गर्ने संजिव बताउँछन् । उनीहरुले केहि गीत भने ब्याण्ड सहित प्रस्तुत गर्ने बताइएको छ । सोही कार्यक्रममा संजिव र टीकाको युगल गायनका नयाँ दुई एल्बम सार्वजनिक गरिने तय भएको छ । 

प्रकाशित :पुस २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×