साप्ताहिक संवाददाता
माघ ९, २०७६
बरिष्ठ कलाकार हरिवंश आचार्यको ‘म त फसेँ माकुरीको जालमा परेर...’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत मह सञ्चारको च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको म्यूजिक भिडियोमा नेवारी समुदायका भेषभुषा र परम्परालाई समेटिएको छ । आरध्या लक्ष्मी खड्गीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा हरिवंश आचार्य र आरध्या लक्ष्मी खड्गीले अभिनय गरेका छन् ।
हिरन्या भुजपुरेको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा गायिका टिका प्रसाईंले सह–गायन गरेकी छिन् ।
गीतको म्यूजिक भिडियो :