• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
सबैभन्दा धेरै मिटू राजनीतिमा छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सबैभन्दा धेरै मिटू राजनीतिमा छ
माघ २५, २०७६

 

मलाई कसैले आएर ममाथि यौनहिंसा भयो अथवा म मिटूको सिकार भएँ भनेर सुनाएको छैन । फेरि यहाँ पुरुषले मात्र महिलालाई शोषण गरेका छैनन्, महिलाहरूले पनि पुरुषहरूलाई माथि पुग्न भर्‍याङ बनाइरहेका हुन्छन् । 

चलचित्र क्षेत्रमा महिला कलाकारहरूमाथि दुव्र्यवहारको अवस्था कस्तो छ ? 

महिलाहरूमाथि शोषण नभएको कुनै क्षेत्र छैन होला । चलचित्र क्षेत्रमा पनि कुनै न कुनै रूपमा महिलाहरू शोषित हुनुभएको होला । तर, राम्रो पृष्ठभूमि बनाएर, फाइटर शैलीमा आउने हो भने तपाईंलाई कसैले केही गर्न सक्दैन । आफैं कमजोर हुनुभयो भने जो–कोहीले शोषण गर्न खोज्छ । त्यस्तो शोषणबाट बच्न आफैं बलियो हुनुपर्‍यो, शिक्षित हुनुपर्‍यो । 

क्षमता नभएर पो महिला कलाकारहरू शोषित हुन्छन् भन्न खोज्नुभएको हो ? 

क्षमता नभएका महिला मात्र होइन, पुरुष कलाकारहरू पनि शोषित भइरहेको पाएकी छु । क्षमतावान् महिला कलाकारहरूलाई कसैको दबाब, शोषण खेप्नु पर्दैन । शोषण हरेक ठाउँमा छ, तर सबैभन्दा तल्लो लेभलको कुरा मात्र सार्वजनिक हुन्छ । प्रतिष्ठित व्यक्तिहरूको जीवनमा त्यस्ता घटना अझ बढी घटिरहेका होलान्, तर चुप लागिन्छ । गुपचुपमा समाधान गरिन्छ । बाहिर आउने कुरा भनेको त सानो वर्गको मात्र हो । 

चलचित्र क्षेत्रमा मिटूका केही मुद्दा त बाहिरिए नि ? 

खै, मैले त्यस्तो सुनेकी छैन । मलाई कसैले आएर ममाथि यौनहिंसा भयो अथवा म मिटूको सिकार भएँ भनेर सुनाएको छैन । फेरि यहाँ पुरुषले मात्र महिलालाई शोषण गरेका छैनन्, महिलाहरूले पनि पुरुषहरूलाई माथि पुग्न भर्‍याङ बनाइरहेका हुन्छन् । भर्‍याङ चढेर माथि पुग्नेबित्तिकै त्यो भर्‍याङलाई नै बिर्सने परिपाटी छ । चित्त बुझेन भने अथवा आफ्नो उद्देश्य पूरा हुनेबित्तिकै महिलाले पुरुषहरूलाई लत्याएका घटना पनि छन् । कति पुरुषहरू त्यसरी टुटेका होलान्, फुटेका होलान् । उनीहरूको वेदनाचाहिँ कसले सुनिदिने ? 

चलचित्रमा पुरुष पीडित छन् भन्नुभयो, कसरी ? 

हो, मैले त महिला होइन पुरुषमाथि हिंसा भएका सुनेकी छु । महिला कलाकारहरूले पुरुष कलाकारलाई माथि उक्लने भर्‍याङ बनाएर शोषण गरेको सुनेकी छु । कतिपय पुरुष निर्माता अभिनेत्रीबाट शोषित भएको सुन्न पाइएको छ । विगतमा मैले पुरुषहरूका लागि आवाज उठाएकै हो । 

चलचित्र क्षेत्रमा महिलाहरू पीडित छैनन् त ? 

शोषणमा पर्दै परेका छैनन् भन्दिनँ । शोषणमा परेका छन् । त्यसलाई कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो । यही क्षेत्रमा करियर बनाउन बाध्य भएर आफ्नो सौन्दर्यलाई प्रयोग गर्नुपर्ने अवस्था पनि छ । वास्तवमा यो गलत हो । यदि तपाईं सौन्दर्यको प्रयोग नगरी आफ्नो क्षमताले चलचित्र क्षेत्रमा टिक्न चाहनुहुन्छ भने आफूलाई सक्षम र सबै प्रकारले योग्य बनाउनुपर्छ । त्यसपछि तपाईंलाई कसैले छुने हिम्मत समेत गर्दैन । चलचित्र पनि समाजकै अंग हो । मैले सबै महिला कलाकारहरू हरेक तरिकाले सुरक्षित छन् नै भन्न खोजेको होइन । तर, उनीहरूमाथि शारीरिक शोषण भइरहेको छ भन्ने कुरा सुनेको भरमा विश्वास गर्ने कुरा पनि आएन । आँखैले देख्नुपर्‍यो नि । बाहिर चलेजस्तो पनि नहोला । चलचित्र क्षेत्रमा कोही न कोही कुनै न कुनै सम्बन्धमा गाँसिएका हुन्छन् । कसैकी श्रीमती, कसैकी दिदी, कसैकी साली अर्थात् कुनै न कुनै सम्बन्धमा बाँधिएका महिला कलाकारहरू छन् । आउट अफ द बक्स आउने महिला कलाकार कम भएकाले त्यस्तो धेरै समस्या नहोला । 

बलिउडमा मिटू अभियानले ठूलै रूप लियो, नेपालमा किन नउठेको होला ? 

बलिउडमा भयो भन्दैमा नेपालमा पनि जबर्जस्ती मिटू अभियान हुनुपर्छ भन्ने कुरा सान्दर्भिक लाग्दैन । कसैको कसैसँग अफेयर थियो होला, कसैको ब्रेकअप भयो होला । ब्रेकअप भएपछि बोलौं न त बोलौं भनेर उकासेर हुने होइन । कसैलाई वास्तवमै त्यस्तो भएको छ भने बाहिर आएर बोल्न सक्नुपर्‍यो नि ! चलचित्र क्षेत्रका पुरुषहरू त्यति अमानवीय होलान्जस्तो त लाग्दैन । रिस उठेकै भरमा मिटू अभियान लगाइदिउँ न भन्ने कुरा हुँदैन होला नि । म त राजनीतिमा सबैभन्दा बढी मिटू देख्छु । राजनीतिक क्षेत्रमा शारीरिक, मानसिक र अन्य हिसाबले मिटू भइरहेको सुन्छु । नेपालमा मिटू अभियानलाई कडाइका साथ लागू गर्ने हो भने राजनीतिक क्षेत्रबाट त्यसको थालनी गर्नुपर्छ, अनि मात्र यो अभियानले सफलता पाउने छ । 

राजनीतिलाई नै किन आरोपित गर्नुभएको ? 

राजनीतिमा लागेका पुरुषहरू र उच्च तहका नेताहरू परिवर्तन हुन जरुरी छ । राजनीतिका महिलाहरूले आफ्नो क्षमतामा विश्वास गर्न अनिवार्य छ । कसैकी श्रीमती, कसैकी छोरी, कसैकी बहिनी, कसैकी साली, कसैकी प्रेमिका भएर सत्तामा आउने क्रम रोकिनुपर्छ । यिनै कारणहरूले गर्दा त्यहाँ केही न केही गडबड देखिन्छ । त्यो त जनताले नै अनुभव गरिसकेका छन् । केही उदाहरण त भर्खरै मात्र पनि देखिएकै हो । नेताका कार्यकर्ताहरूलाई गएर सोध्नुहोस्, उनीहरूका स्वकीय सचिवहरूलाई सोध्नुहोस् । यस विषयमा उनीहरू बोल्छन् कि बोल्दैनन् ? महिला नेतृहरूका पनि पीए होलान्, बोल्छन् कि बोल्दैनन् ? म त भन्छु मिटू जताततै छ । केही अघि एक जना मुख्यमन्त्रीलाई नै मिटूको अभियोग लागेको होइन र ? खै के भयो ? रोशनी काण्डमा के भयो ? नेपालमा यस विषयमा कसैले पनि बोल्दैनन् । किनभने अभ्यास नै छैन । सबैलाई राम्री र चरित्रवान् देखिने भ्रम छ । भित्र खोक्रो भए पनि बाहिर सुन्दर बनेर देखाउनु छ । भ्रममा बाँच्ने र आत्मरतिमा बाँच्ने हाम्रो बानी छ । जबसम्म हामी आत्मरतिमा रमाइरहन्छौं, यो भइरहन्छ ।

रेखा थापा, अभिनेत्री

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik