साप्ताहिक संवाददाता
जेष्ठ ४, २०७७
लकडाउनका कारण देशको राजधानी काठमाडौं लगभग शुन्य प्रायः नै छ । बैदेशिक आम्दानीको ठुलो हिस्सा ओगट्ने पर्यटन क्षेत्र र सर्वाधिक पर्यटकहरुको आवागमन हुने विश्व सम्पदा क्षेत्र पनि शुन्य प्रायः भए । केही मनकारीहरु दैनिक रोजीरोटी गरेर खानुपर्ने बाध्यता भएकालाई सडकमै गएर खाना खुवाउथे भने पशु प्रेमीहरुले सडकमा खुला हुर्किएका कुकुरहरुलाई विभिन्न गल्ली र चौकमा गएर खाना खुवाउथे ।
कोभिड–१९ को संक्रमणको भयले कतिलाई घर भित्रै राखेको थियो भने कतिले आफ्नो ज्यानको परर्वाह नगरेर खाना खुवाउन बाहिर निस्किएका थिए । लकडाउनकै अवसरमा साप्ताहिकका फोटो पत्रकार महेश प्रधानले खिचेका केही तस्विरहरु ।