जेष्ठ २५, २०७७
सरकारले लकडाउनलाई खुकुलो बनाउने मोडालिटीको तयारी गरिरहदाँ काठमाडौंका बजारहरु स्वःस्फूर्त रुपमा खुल्न थालेका छन् ।
लकडाउनलाई लम्बाउदाँ आर्थिक स्थिती नाजुक बन्दै गएपछि ब्यापारीहरुले कारोबार संचालन थालेका हुन् । आज काठमाडौंका अधिकांश ब्यापारीक क्षेत्रहरु खुलेका थिए । दैनिक कारोवार गर्ने न्यूरोड, महाबौद्ध, असन, नयाँ बानेश्वर लगायत विभिन्न सपिङ मलहरु संचालनमा आएका थिए ।
स्वास्थ क्षेत्रका विज्ञहरुले लकडाउनलाई खुकुलो बनाउदाँ कोरोना भाइरसको महामारी फैलिने चेतावनी दिईरहेका छन् भने आर्थिक क्षेत्रका विज्ञहरु यसरी लकडाउनलाई बढाउदैं लगेमा यसले ठुलो आर्थिक नोक्सानी गर्ने बताईरहेका छन् ।