असार ४, २०७७
असार महिनामा जब आकासमा कालो बादल मडारिन थाल्छ तब नेपाली कृषकको मुहारमा खुसी छाउन थाल्छ । मनसुनको आभाष दिने यो कालो बादलले बर्षा गराएसगै धेरै नेपाली कृषकलाई समृद्धि तर्फ डोहोर्याउछ ।
‘मानो रोपेर मुरी फलाउने’ अवसरको रुपमा हेरिने धान रोपाईको यो अवसरलाई नेपाली कृषकहरुले पर्वकै रुपमा लिने गरेका छन् । जसको कारण असार १५ गते दही चिउरा खादै धान दिवस मनाउने चलन छ । यो बर्ष मनसुन केही ढिलो भए पनि कृषकहरु खुसि नै देखिएका छन् ।
लकडाउनका कारण सहर पसेका आफन्त र घरका धेरै सदस्यहरु साथै रहेका कारण परिवारकै सदस्यहरु पनि खेत र आलीमा बाउसे खेल्न जुर्मुराएको देखिन्छन ।
काठमाडौंका अधिकांश भूभाग प्लटिङले गर्दा साघुरिए पनि खुला खेतहरुमा भने रोपाईको अलग्गै रौनक देखिन थालेको छ ।