• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
  3. रिपोर्ट
रिपोर्ट
एसइई : कसरी हुन्छ आन्तरिक मूल्यांकन ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

एसइई : कसरी हुन्छ आन्तरिक मूल्यांकन ?
एसइइ परीक्षामा सहभागि हुँदै छात्राहरु ।  फाइल तस्विरः केशव थापा
असार ८, २०७७
कोरोना महामारीका कारण स्थगित एसइई परीक्षा आन्तरिक मूल्यांकनद्वारा नै हुने भएपछि कति परीक्षार्थी ढुक्क भएका छन् त कति चिन्तित ? खासगरि एसइई परीक्षामा तुलनात्मक रूपमा राम्रो नतिजाका लागि तयारी गरिरहेका विद्यार्थी भने खुसी हुन सकेका छैनन् ।

सोलुखुम्बु, सोताङ गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत तेजिना बस्नेत एसइइको तयारी गरिरहेकी थिइन् । महामारी तनावका बीच पनि उनले आफ्नो तयारी रोकेकी थिइनन् । टेस्ट परीक्षामा आफूले प्राप्त गरेका जिपिएबाट सन्तुष्ट नभएकाले बोर्ड परीक्षामा नतिजा सुधार्न कम्मर कसेकी थिइन् । तर बोर्ड परीक्षा नहुने थाहा पाएपछि उनी निराश छिन् । ‘टेस्ट बिग्रिएको थियो । जानेकै कुरा पनि लेख्न सकेकी थिइन“ । बोर्ड परीक्षामा धेरै अंक ल्याउनका मेहेनत गरिरहेकी थिएँ । परीक्षा नहुने भएपछि जिपिए कम हुने डर छ’, उनले भनिन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित भएको एसइई परीक्षाको ग्रेड आन्तरिक मूल्यांकनमार्फत् तयार पार्ने निर्णय गरेपछि कतिपय विद्यार्थीमा यस्तो चिन्ता देखिएको छ । विद्यार्थीमा मात्र नभई शिक्षक तथा अभिभावक पनि अन्योलमा परेका छन् । काभ्रेपलान्चोक जिल्लास्थित इन्द्रेणी विद्यामन्दिरका प्रधानाध्यापक राममणि सापकोटा भन्छन्, ‘आन्तरिक परीक्षाको आधारमा हामीले ग्रेड चढाउँदा भोलि समस्याको हुने हो कि भन्ने लाग्छ । जिपिए कम आउने विद्यार्थी र अभिभावकबाट दवाब सहनु पर्ने सम्भावना देखिन्छ ।’

तर, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने आन्तरिक मूल्यांकनको निर्णयले अन्योलमा पर्नु पर्ने नरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यस विषयमा राष्ट्रिय परीक्षा बोर्डले एउटा निर्देशिका बनाउनेछ । त्यसैबमोजिम विद्यालयले लिएको परीक्षा र विद्यार्थीको प्रोजेक्टवर्कको आधारमा मूल्यांकन गरिने हो । अन्योल हुनुपर्ने अवस्था छैन,’ शर्मा भन्छन् । त्यसका लागि छिटै सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने उनी बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकनको आधारमा ग्रेडसिट दिने कार्यविधि बनाउन कमिटी गठन गरिसकेको छ । सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जन जोशी समितिमा रहेको परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

सरकारले गरेको आन्तरिक मूल्यांकनको निर्णय विद्यार्थीको हितमा भएको भन्दै शिक्षाविद्हरूले पनि खुसी व्यक्त गरेका छन् । शिक्षाविद् मनप्रसाद वाग्ले भन्छन्, ‘हामीले पहिल्यैदेखि यही कुरा सरकारलाई सुझाउँदै आएका हौँ । त्रैमासिक परीक्षाको आधारमा मूल्यांकन गर्नु नै उपयुक्त हो ।’

शिक्षाविद् बालचन्द्र लुइँटेल त सरकारले दुई महिनाअघि नै यस्तो सोच्नुपथ्र्यो भन्ने मत राख्छन् । भन्छन्, ‘ढिलै भए पनि सरकारले राम्रो निर्णय ग¥यो । दुई महिनाअघि नै परिस्थितिलाई आ“कलन गरेर निर्णय गर्न सकेको भए अहिलेसम्म सहज अवस्था बनिसक्थ्यो ।’

शिक्षकलाई विश्वास

आन्तरिक मूल्यांकन प्रणालीले शिक्षकलाई विश्वास गर्ने आधार सिर्जना गरिदिएको शिक्षाविद् वाग्लेको भनाइ छ । ‘शिक्षकलाई विश्वास गरेन भने शिक्षा प्रणाली ध्वस्त हुन्छ । बल्ल शिक्षकलाई विश्वास गर्ने माध्यम बनेको छ । यो मूल्यांकनमा शिक्षक इमान्दार बन्नुपर्ने चुनौती पनि उत्तिकै छ’, शिक्षाविद् वाग्ले भन्छन्, ‘हाम्रोमा शिक्षकलाई विश्वास गर्ने परिपाटी छैन । पढाउन हुने, जाँच लिन हुने तर उसले दिएको नम्बरमा विश्वास पनि गर्नुपर्छ’, वाग्ले भन्छन् ।

वाग्लेका अनुसार एसइइमा शिक्षकले ग्रेड चढाउने हुँदा शिक्षकलाई नतिजा प्रकाशनपछि दवाब आउन सक्छ । यदि त्यस्तो हुने अवस्था आयो भने उनीहरूलाई सुरक्षाको व्यवस्था गर्नुपर्ने वाग्लको भनाइ छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी शिक्षकलाई आफ्नो इमान्दारिता प्रमाणित गर्ने अवसर आएको बताउँछन् । ‘विद्यालयको आन्तरिक मूल्यांकनमा हामी इमान्दार छौं या छैनौं भन्ने अब प्रष्ट हुन्छ’ उनले भने ।

शिक्षाविद् लुइँटेल पनि कार्यविधिअनुसार शिक्षकले नै ग्रेड दिने भएकाले विश्वास गर्नुको विकल्प नहुने बताउँछन् । ‘धेरै विकसित शिक्षा प्रणाली भएका देशमा पनि शिक्षकलाई नै विश्वास गरिन्छ । जबसम्म हामी शिक्षकलाई विश्वास गर्न नसक्ने वा गतिलो छैन भन्ने मनोविज्ञानमा हुन्छौं, हामी सबै निर्गतिलो नै भइरहन्छौँ’, उनी भन्छन्, ‘शिक्षकले विद्यार्थीलाई बी ग्रेड दियो र अभिभावकले ढुंगामुढा गर्न थाले भने उचित भएन । यसले त शिक्षा प्रणाली र संस्कारलाई नै खराब प्रमाणित गरिदिन्छ ।’

एसइइमा सधैं आन्तरिक मूल्यांकन गरौं

बालचन्द्र लुइँटेल, शिक्षाविद्

विद्यार्थीको मूल्यांकन परीक्षाबाटमात्रै हुन्छ भन्ने होइन । उनीहरूलाई अरू प्रोजेक्ट वर्क गर्न लगाएर मार्क दिन सकिन्छ । त्यसको रेकर्ड राम्ररी राखिएको हुनुपर्यो, प्रमाण हुनुपर्यो ।टेस्ट भन्ने बित्तिकै हामी विद्यार्थी जम्मा गरेर जाँच लिने भन्ने बुझ्छौं । तर त्यसो होइन । विद्यार्थी निरन्तर काम गर्र्दै जान्छन्, उनीहरूले गरेको कामको मूल्यांकन हुँदै जान्छ । जसलाई विकासात्मक मूल्यांकन भनिन्छ । मूल्यांकन भनेको कसैको दोष पत्ता लगाउनु हो भन्ने हाम्रो गलत बुझाइ छ । फेल गर्ने वा कसैलाई निम्न कोटीको देखाउन मूल्यांकन गर्ने भन्ने मानसिकताले हामी ग्रसित छौं । यसको रुपान्तरण हुन सजिलो छैन । यसको लागि अहिलेको खराब मूल्यांकन प्रणाली नै परिवर्तन आवश्यक छ ।स्कोर मात्र सबै कुरा होइन । अब निरन्तर मूल्यांकन प्रणालीमा जाँदा राष्ट्रिय परीक्षा बोर्डले गाइडलाइन बनाउन सक्छ । विद्यालयले विश्वसनीय कुरामा परीक्षा सञ्चालन गर्न सक्छ । हामीले शिक्षकको ‘जजमेन्ट’लाई मान्नुपर्यो । हरेक वर्ष बाहिरकाले जाँच र मूल्यांकन गर्नुपर्ने हो भने त्यो शिक्षा प्रणाली बन्द गरिदिए पनि हुन्छ । एसइइ नगर्दा पहाडै खस्ने पनि होइन । आन्तरिक मूल्यांकनमा कक्षा ८ देखि १० सम्मको असाइनमेन्टलाई लिन सकिन्छ । त्यसको आधारमा ग्रेड दिन सकिन्छ ।परिवर्तन कठिन कुरा हो । परिवर्तनमा अर्थ–राजनीतिको पनि ठूलो भूमिका हुन्छ । यस्ता निर्णय गराउँदा चुनौती आउँछन् । कार्यान्वयन गर्नुपर्ने पक्ष यसमा असहमत भइदिन सक्छ । पहिला एसइइ परीक्षा हुँदा शक्ति राष्ट्रिय परीक्षा बोर्डसँग हुन्थ्यो । सबैको आ–आफ्नो शक्ति हुन्थ्यो । शक्तिमा रिसोर्स पनि जोडिएको हुन्थ्यो । त्यो डाइमेन्सन हराउने भयो । अहिलेको ढिलासुस्ती र आनाकानीमा यसले काम गरेको देखिन्छ । कतै मन्त्रालयको एउटा सेक्सनले काम नगरेको हो कि जस्तो लाग्छ । आफू शक्तिमा बसिसकेपछि निर्णय अड्काउने प्रचलन नौलो होइन । अहिलेसम्म स्कुल वा अभिभावक अन्योलमा पर्नुको कारण यो हुनसक्छ । यो डिसिजन कोभिड–१९ सुरु भएको १० दिनभित्र गरिदिएको भए राम्रो हुन्थ्यो ।अर्को पटकदेखि परीक्षा बोर्डले आन्तरिक मूल्यांकनसम्बन्धी तालिम चलाएर शिक्षकलाई कोच गर्ने काम गर्नुपर्छ । र, एसइइमा सधैँ आन्तरिक मूल्यांकन गर्ने प्रणाली विकास गर्नुपर्छ ।

मूल्यांकन कसरी ?

आन्तरिक मूल्यांकनको लागि सरकारले कार्यविधि तयार गर्दैछ । टेस्ट परीक्षा वा त्रैमासिक परीक्षाको आधारमा मात्र मूल्यांकन गर्ने कि अन्य आधार पनि समावेश गर्ने भन्ने बारेमा निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरू अलमलमा छन् । प्याब्सन अध्यक्ष पुरी भन्छन्, ‘स्कुलले लिएको त्रैमासिक परीक्षाको आधारमा मूल्यांकन गरिन्छ होला । त्यो भन्दा अरू विकल्प छैन ।’ तर, केही विद्यालयले टेस्ट परीक्षा नै लिएका छैनन् । त्यसैले पनि शिक्षाविद् लुइँटेल मूल्यांकनको लागि परीक्षालाई मात्र पनि आधार मान्न नहुने बताउँछन् । ‘विद्यार्थीको अन्य गतिविधि र उनीहरूलाई दिएको प्रोजेक्ट वर्कको आधारमा मूल्यांकन गर्न सकिन्छ । आन्तरिक मूल्यांकनमा कक्षा ८ देखि १० सम्मको असाइनमेन्टलाई लिन सकिन्छ । त्यसको आधारमा ग्रेड दिन सकिन्छ’, उनले भने ।

शिक्षाविद् वाग्ले पनि यो कुरामा सहमत छन् । भन्छन्, ‘त्रैमासिक परीक्षासँगै प्रोजेक्ट वर्कलाई आधार मानेर मूल्यांकन गर्न सकिन्छ । यसले विद्यार्थीहरूको असल मूल्यांकन हुन्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
रिपोर्ट
फन्दामा ठगहरू

वैशाख ८, २०७७

रिपोर्ट
राइडरलाई रोजीरोटीकै समस्या

कृष्ण आचार्य

वैशाख ८, २०७७

रिपोर्ट
सधैँ सडकमा

जनक तिमिल्सिना

वैशाख ८, २०७७

रिपोर्ट
एसइई : कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik