• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
  3. रिपोर्ट
रिपोर्ट
फन्दामा ठगहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फन्दामा ठगहरू
असार ११, २०७७
टेक्नोलोजीको प्रयोग गरेर उच्च पदस्थ सरकारी अधिकारीदेखि सर्वसाधारणबाट करोडौं ठग्ने ठगहरूको ग्याङ प्रहरी फन्दामा

केही समयअघि बुटवलका एक हाइप्रोफाइल व्यक्तिलाई सामाजिक सन्जालबाट लोटरी परेको खबर आयो । ४० लाख लोटरी परेको भनेपछि उनी लोभिए । लोटरी परेको खबर गर्नेहरूले उनलाई त्यो रकम पठाउनका लागि पैसा आवश्यक पर्ने भनेर थोरै-थोरै पैसा माग्न थाले । एकपछि अर्को गर्दै उनले लोटरी पाउने लोभमा मागेजति पैसा पठाउन थाले । पैसा बढ्दै गयो । त्यही लोभमा उनीमाथि एकपछि अर्को गर्दै ठगी हुन थाल्यो । तर, उनी ५५ लाख ठगहरूको हातमा पारेपछि बल्ल झस्किए ।

पोखराका एक व्यवसायीलाई इमोबाटै त्यस्तै लोटरी परेको सन्देश आयो । ठूलै रकम लोटरी परेको सन्देश आएपछि उनी फुरुङ्ग भए । लोटरी परेको कल तथा सन्देशहरूलाई ध्यान दिन थाले, रिप्लाइ गर्ने थाले । उनीहरूसँगको हिमचिम र सञ्चार सम्पर्क बढाए । एकपछि अर्को गर्दै उनले पनि झण्डै ४० लाख बढी रकम माथिकै शैलीमा लोटरीका लागि भन्दै ठगहरूको हातमा पुर्‍याए । यति रकम पठाउँदा पनि लोटरीमा परेको रकम नपाएपछि उनलाई आफू ठगिएको महसुस हुन थाल्यो । ठूलो रकम हात पारेपछि केही दिनमै उनलाई लोटरी परेको सन्देश दिनेहरू एकाएक गायब भए । त्यसपछि उनले प्रहरी गुहारे ।

यी त दुई प्रतिनिधि घटनाहरू मात्रै हुन् । इमो, भाइबर, ह्वाट्सएपलगायतका माध्यमबाट ठगी गर्ने ‘टेक्नो ठग’हरूको ग्याङ महानगरीय अपराध महाशाखाको फन्दामा परेको छ । १० असारमा प्रहरीले टेक्नोलोजीको प्रयोग गरी सरकारी उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणसम्मलाई ठगी गर्ने ७ जनाको समूहलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको जनाएको छ ।

‘भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सन्जालमार्फत विभिन्न मानिसहरूबाट करोडौं रकम ठगी गरेको देखिन्छ,’ महानगरीय अपराध महाशाखामा प्रवक्ता ईश्वर कार्की भन्छन्, ‘हामीले यो गिरोहलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेका हौं ।’

टेक्नोलोजीलाई आधार बनाएर विभिन्न सामाजिक सन्जालमार्फत ठग्ने यो गिरोहमा पूर्व झापादेखि काभ्रेसम्मका ठगहरू संलग्न देखिन्छन् । पक्राउ पर्नेमा झापा भद्रपुरका घर भएर काठमाडौं बस्दै आएका २४ वर्षीय पुकार वर्मा, काभ्रे सिम्थली घर भएर टेकु बस्दै आएका २२ वर्षीय नवीन भण्डारी, रौतहट घर भएर छाउनीमा बस्दैं आएका १९ वर्षीय आकाश अग्रवाल र १८ वर्षीय एस अग्रवाल रहेका छन् । यस्तै, पर्साको वीरगन्जका ३० वर्षीय कृष्णप्रसाद साह र २० वर्षीय सुनिल साह पनि पक्राउ परेका छन् ।

प्रहरीकाअनुसार यो ठगहरूको गिरोहमा भारतीय गिरोहको पनि संलग्नता छ । भारतको विहार घर भएर अहिले टंकेश्वरमा बस्दै आएका २२ वर्षीय एमडी सर्फराजलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार ‘टेक्नो ठग’ हरूको गिरोहले सामाजिक सन्जाल तथा मोबाइल एप्लीकेसनहरूको प्रयोग गरी ४० लाख लोटरी परेको प्रलोभनमा सरकारका उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणलाई ठगी गर्दै आएको थियो । ‘४० लाखको लोटरी परेको प्रलोभनमा पारेर नेपाल सरकारका उच्च पदस्थ अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरूबाट समेत करोडौं ठगी गरेको पाइएको छ’, कार्कीले थपे, ‘हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

लोटरी परेको फेक सूचनामा लोभिनेहरूले नै उनीहरूबाट ठगिएको प्रहरी अनुसन्धानले देखाउँछ । अनुसन्धान संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘इमो, भाइबरलगायत सामाजिक सन्जालमा लोटरी पर्‍यो भनेर भन्ने बितिकै नेपाली मख्ख हुने । यति रकम त्यतिकै लोटरीमा पर्दैन भन्ने कुरामा त ख्याल गर्नुपर्छ ।’ पढेलेखेका, जागिरे र शिक्षितहरू नै ठगिनु आश्चर्यजनक विषय भएको उनले बताए ।

प्रहरीकाअनुसार अहिलेसम्म मोटो रकम गुमाएका ३ जना प्रहरीको सम्पर्कमा आएका छन् । तर, यो संख्या अझ बढी हुन सक्ने आँकलन प्रहरीले गरेको छ । ‘अहिलेसम्म तीन जना पीडित सम्पर्कमा आउनुभएको छ, उहाँहरूले लाखौं रकम गुमाउनुभएको छ,’ प्रवक्ता कार्की भन्छन्, ‘यो संख्या अझै बढ्न सक्ने देखिन्छ । उनकाअनुसार अहिलेसम्म आएका पीडितहरूबाट १ करोड बढी रकम ठगेको पाइएको छ ।

प्रहरीको अनुसन्धानबाट नेपाल सरकारका उच्च पदस्थ अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरूबाट लाखौं रकम ठगी गरी पीडित बनाएको, ठूलो रकम ठगिएको थाहा पाएपछि पीडितहरू मानसिक रूपमा विक्षिप्त हुने गरेको, कतिपयले त लोटरी पाउने आशामा घरजग्गा समेत धितो राखी पैसा पठाएर घरबारविहीन भएको खुलेको छ ।

पछिल्लो समय सामाजिक सन्जाल र इन्टरनेटमा पहुँचमा भएको वृद्धिसँगै यस्ता माध्यमहरूको प्रयोग गरी ठगी गर्ने क्रम पनि बढेको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूकाअनुसार पैसाप्रतिको अत्यधिक लोभ, झट्ट विश्वास गरिहाल्ने स्वभावजस्ता कारण मानिसहरूको ठूलो रकम ठगहरूको हातमा पुग्ने गरेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
रिपोर्ट
फन्दामा ठगहरू

वैशाख ८, २०७७

रिपोर्ट
राइडरलाई रोजीरोटीकै समस्या

कृष्ण आचार्य

वैशाख ८, २०७७

रिपोर्ट
सधैँ सडकमा

जनक तिमिल्सिना

वैशाख ८, २०७७

रिपोर्ट
एसइई : कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik