• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
ग्याजेटप्रेमी पुस्ता 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

ग्याजेटप्रेमी पुस्ता 
मंसिर ३०, २०७६

 

आधुनिक जीवनमा मानिसका लागि ग्याजेटले पाइलापिच्छे महत्त्वपूर्ण स्थान पाएको छ । ग्याजेटको प्रयोग एकथरीका लागि वरदान सावित भएको छ भने अर्काथरीका लागि भने यसले समस्या पनि सिर्जना गरिरहेको छ । 

कलेज पढिरहेको एउटा तन्नेरीसँग कति मूल्य बराबरका ग्याजेट होलान् ? २० हजार, ५० हजार वा बढीमा १ लाख ? अहँ, त्यतिले मात्रै कतिपय तन्नेरीको ग्याजेट मोह पूरा हुँदैन् । उनीहरू लाखौंका ग्याजेट बोक्छन् । नभए पर्वतका जिपी पौडेललाई हेरौं न । रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा स्नातक तह अध्ययनरत पौडेलसँग झन्डै ७ लाखभन्दा बढीका ग्याजेट छन् । ग्याजेटप्रेमी उनीसँग अहिले २ वटा एन्ड्रोइड फोन, १ एयर बड, एउटा आईओएस फोन, २ वटा स्मार्ट वाच, एउटा हेडफोन, अर्को एउटा वायरलेस इयर फोन, ८०–डी क्यामेरा तथा एप्पल म्याकको ल्यापटप छ, जसको अहिलेको बजार मूल्य झन्डै ८ लाखको हाराहारीमा छ । पौडेललाई बजारमा नयाँ केही ग्याजेट आयो कि किनिहाल्नुपर्छ । ‘बजारमा केही नयाँ ग्याजेट आएपछि मलाई किनिहाल्न मन लाग्छ,’ २५ वर्षीय पौडेल भन्छन्, ‘नयाँ ग्याजेट त मैले चलाइहाल्नुपर्छ । ट्राभल एजेन्सीलगायतका व्यवसायमा सक्रिय रहेकाले उनका लागि ग्याजेटहरूको उपलब्धता पनि सहज छ । 

जिपी मात्रै होइन, क्यारेबियन कलेज, ललितपुरमा अध्ययनरत दिपेश बरालको ग्याजेट मोह पनि अनौठो छ । दिपेश भन्छन्, ‘म ग्याजेट भनेपछि हुरुक्कै हुन्छु ।’ खल्तीमा पैसा हुन्जेल बजारमा आएका नयाँ–नयाँ ग्याजेट किनिरहेका हुन्छन् उनी । बजारमा आएका नयाँ आविष्कार प्रयोग गरेर मज्जा लिन तथा केही नयाँ कुरा जानांै, बुझौं भन्ने हेतुले आफूले ग्याजेट किन्ने उनी बताउँछन् । अहिले उनी हुवावेको नोभा–५ टी चलाइरहेका छन् । योभन्दा अघि आफूले एप्पलको २ वटा फोन, स्यामसुङको ३ फोन तथा मोटोरोला कम्पनीको फोन चलाएको सुनाउँछन् । त्यस्तै उनीसँग क्याननको २ वटा क्यामरा, सोनीको १ क्यामरा र डेलको १ ल्यापटप पनि छ, जसको बजार मूल्य झन्डै ४ लाख रुपैयाँभन्दा बढी पर्न जान्छ । 

दिपेश भन्छन्, ‘ग्याजेटप्रेमी भएर होला, साथीभाइ कसैको जन्मदिनमा पनि ग्याजेट नै उपहारका रूपमा दिने गर्छु ।’ ग्याजेट किन्नका लागि भने उनी परिवारमा भर पर्छन् । उनको परिवारको गोदावरीमा मिनरल वाटर व्यवसाय छ । अभिभावकको आम्दानीको स्रोत राम्रो भएकाले पनि आफूले नयाँ ग्याजेटहरू अफोर्ड गर्न सक्ने उनी बताउँछन् । ‘मेरा कति साथीहरू विदेशमा पनि छन्,’ उनी भन्छन्, ‘उनीहरूले पनि नेपाल आएका बेला केही न केही ग्याजेट उपहारका रूपमा ल्याइदिएकै हुन्छन् ।’

सहरका युवापुस्ताको ग्याजेट भोक अनौठो नै छ । ट्रिनिटी कलेजमा अध्ययनरत सफल लिम्बूको धेरैजसो समय ग्याजेटसँग बित्ने गर्छ । उनको मोबाइल र एयरफोन सबैभन्दा प्रिय चिज हो । कलेजमा बाहेक आफ्नो कानमा जतिबेलै इयरफोन हुने उनी सुनाउँछन् । सामसङको ए सिरिजका मोबाइल उनलाई मन पर्छन् । केही साताअघि आफूसँग भएको ए–३० मोबाइल हराएपछि ए–५० किनेको उनी बताउँछन् । यसले पनि उनको मोबाइलप्रति अत्यधिक मोह छ भन्ने बुझ्न गाह्रो पर्दैन । योबाहेक उनीसँग १ वायरलेस हेडफोन तथा १ डेलको ल्यापटप छ । पब्जी उनको मन पर्ने गेम हो । उनमा पब्जीमोह कति छ भने कहिलेकाहीं उनी ९ घण्टासम्म पब्जी खेलेरै बिताउँछन् । 

ग्याजेटप्रेमी युवतीहरू पनि सहरमा उत्तिकै छन् । प्रिमियर कलेजमा १२ कक्षामा अध्ययनरत रिजा कोइराला ग्याजेटप्रेमी युवतीहरूकी एक प्रतिनिधी पात्र हुन् । एप्पलका प्रोडक्टहरू असाध्यै मन पराउने उनी आईफोनको लेटेस्ट सिरिजको एक्स चलाउँदै आएकी छन् । बजारमा अपडेटेड ग्याजेटहरू किनिहाल्नुपर्ने स्वभावकी उनले हालै मात्र आईफोन–११ किनेकी छिन् ।

‘कक्षा ९ देखि नै आईफोन चलाउँदै आएकाले पनि होला, आईफोन निकै मन पर्छ,’ कोइराला भन्छिन्, ‘मसँग ग्याजेट किन्ने पैसा नभए पनि विदेशमा बस्ने दाइ–दिदीहरूले पठाइदिनुहुन्छ र बुबा–ममीले पनि धेरैजसो ग्याजेट नै किनिदिनुहुन्छ ।’ कलेज तथा घरमा पढाइबाहेक अन्य समय टिकटक चलाएर तथा स्याडोगन वार गेम खेलेर समय बित्ने गरेको उनले बताइन् । नयाँ पुस्ताका तन्नेरीहरू नोट बनाउनेदेखि दैनिक रुटिङ तयार पार्ने कामसम्म ग्याजेटमै गर्छन् । कतिले पढाइमा पनि मोबाइल, ल्यापटप, ट्याबहरूको प्रयोग गरिरहेका हुन्छन् । 

ग्याजेटसँग अहिलेको पुस्ताको मन कसरी गाँसिएको छ भन्ने कुरा माथिका केही दृष्टान्तले देखाउँछ । प्राय:जसो अधिकांश तन्नेरी अहिले हिँड्दा होस् वा डुल्दा, खाँदा होस् वा बस्दा, टिभी हेर्दा होस् वा होमवर्क गर्दा नै किन नहोस्, हरेक क्षण ग्याजेटको भरपुर प्रयोग गरिरहेका हुन्छन् । सहरिया माथिल्लो वर्गका ग्याजेटप्रेमीहरू छिनभरमै काठमाडौंमा चाहेको ग्याजेट किन्न सक्छन् । न उनीहरूलाई पैसाको छेकबार छ, न त उपलब्धताको नै । किनभने अमेरिकामा लन्च भएको ग्याजेट नेपाल पुग्न धेरै समय नै लाग्दैन । धन्य अनलाइन सपिङ । 

त्यसबाहेक विदेशमा नेपालीको बढ्दो उपस्थितिका कारण पनि सहरका कलेजहरूमा पढ्दै गरेका नयाँ पुस्ताका युवायुवतीहरूको ग्याजेटमाथिको पहुँच बढ्दै गएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरूमा बस्ने आफन्तहरूलाई आफ्नो ग्याजेट अभिरुचि पूरा गर्न उनीहरू फर्माइस गर्छन् । आफ्ना भाइबहिनी, छोराछोरीको फर्माइस पूरा गरिदिन विदेशमा बस्ने उनीहरूका अभिभावकलाई पनि करै लाग्छ । 

युवायुवतीहरूमा ग्याजेटहरू मध्ये सबैभन्दा बढी मोबाइलमा प्रेम देखिन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा झन्डै ४३ लाख मोबाइल सेट नेपाल भित्रिएका थिए, जसका लागि नेपालबाट १९ अर्बभन्दा बढी रकम बाहिरिएको थियो । यसले पनि नेपालीहरूमा बढ्दो मोबाइल प्रेम देखाउँछ । मोबाइलमात्रै होइन, क्यामेरा, ल्यापटप, स्मार्टवाच, वायरलेस हेडफोन र ब्लुटुथलगायतका प्रविधिमा पनि नेपालीको रुचि छ । 

आधुनिक जीवनमा मानिसका लागि ग्याजेटले पाइलापिच्छे महत्त्वपूर्ण स्थान पाएको छ । ग्याजेटको प्रयोग एकथरीका लागि वरदान सावित भएको छ भने अर्काथरीका लागि भने यसले समस्या पनि सिर्जना गरिरहेको छ । ग्याजेटको उचित प्रयोगले संसारभरको सूचना प्राप्त गर्न सकिन्छ, विश्वस्थितिका बारेमा जानकारी लिनुका साथै फुर्सदको समयमा यसलाई साथीका रूपमा समय कटाउन सकिन्छ ।

पछिल्लो समय आविष्कार भएको स्मार्ट वाचको सहायताले त झनै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा थाहा पाउन सकिन्छ । त्यस्तै यसको राम्रोसँग प्रयोग गर्न नजान्दा अहिले समाजमा विकराल अवस्था पनि सिर्जना भएको छ । केही समयअघि लोकप्रिय मानिएको पब्जी गेमका कारण धेरै युवायुवती मानसिक रोगको सिकार भए भने कतिले ज्यान नै गुमाए । यो त एउटा उदाहरण मात्र हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik