साप्ताहिक संवाददाता
श्रावण २४, २०७३
महाभारतकालकी ऐतिहासिक पात्र माधवीलाई मदनमणि दीक्षितले आफ्नो कृति ‘माधवी’मा उतारेका छन् भने भारतीय लेखक भीष्म साहनीले आफ्नो नाटकको मुख्य पात्र बनाएका छन् । यो नाटकमा विश्वामित्रका शिष्य गालबले राजा यायातीबाट दानमा पाएकी उनकी छोरी माधवीसँगको प्रेमकथा केलाइएको छ । यो नाटक हरेक दिन साँझ ५ बजे बत्तीसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन भैरहेको छ ।
निर्देशक : टंक चौंलागाईं
कलाकार : घिमिरे युवराज, जीवन बराल, अर्चना पन्थी, प्रदीप रेग्मी, सरोज अर्याल, राम केएसी, किशोरकुमार चौंलागाईं, सविन कट्टेल, सुबी लामा आदि ।