• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
विद्यार्थीका सन्देशमूलक नाटक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

माधव घिमिरे

विद्यार्थीका सन्देशमूलक नाटक
आश्विन ४, २०७६

यो साता विराटनगरमा अन्धविश्वासमा आधारित छाउपडी प्रथादेखि अनुशासन र नैतिकतासम्बन्धी विषयवस्तु समेटिएका विभिन्न ९ वटा नाटक प्रस्तुत गरिए । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आरोहण गुरुकुलले आयोजना गरेको १० दिने विद्यालय नाटक महोत्सवमा ती नाटक मञ्चन गरिएका हुन् ।

विद्यार्थीलाई बेलैदेखि रंगमञ्चमा रुचि जगाएर उनीहरूमा भएको प्रतिभालाई अवसर दिन यो महोत्सवको आयोजना गरिएको आरोहणका अध्यक्ष भैरव क्षेत्रीले बताए । क्षेत्रीका अनुसार विद्यार्थी आफैंले विषयवस्तु छानेर नाटक तयार पारेका थिए । त्यसमा शिक्षक एवं आरोहणका केही कलाकार सहयोगीको भूमिकामा थिए ।

महोत्सवमा प्रदर्शित नाटकमा डेढ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष सहभागी थिए । हरेक दिन प्रदर्शन भएका नाटकमा दर्शकका रूपमा आधाभन्दा बढी विद्यार्थी नै हुन्थे । उक्त अवसरमा रंगमञ्चका सम्बन्धमा छलफलसमेत गरिएको थियो । आरोहणका तर्फबाट धीरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनको नाटक ‘म–नैतिक’ बाट शुक्रबार प्रारम्भ भएको महोत्सव आइतबार रंगेली नगरपालिकास्थित रञ्जनी एकेडेमिक स्कुलका विद्यार्थीले तयार पारेको ‘परिवेश’ नाटकको प्रदर्शनसँगै सम्पन्न भएको थियो ।

नाटकमा विद्यार्थीहरूले समाजका कुरीतिविरुद्ध सचेतना, सकारात्मक सोच राख्न प्रेरणा अनि अनुशासन र परिश्रमजस्ता पक्ष समेटेर रचिएका सन्देशमूलक कथामा विभिन्न पात्रका रूपमा अभियन गरेका थिए । 

अन्नपूर्ण एकेडेमीले प्रस्तुत गरेको मेहनत र परिश्रमको फल शीर्षकको नाटक कक्षा ८ की छात्रा अपेक्षा तामाङले निर्देशन गरेकी थिइन् । आफूलाई अभिनयप्रति उत्सुकता रहेको बताउने तामाङले शिक्षक एवं आरोहणका कलाकारहरूको प्रेरणाले नाटक निर्देशन गरेको बताइन् । 

गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ लाई बूढानीलकण्ठ स्कुलले प्रस्तुत गरेको थियो । उक्त नाटक विद्यालयकी शिक्षिका अस्मिना भट्ट कर्णले निर्देशन गरेकी थिइन् । यो नाटक बहुविवाह र त्यसले परिवार एवं समाजमा पार्ने असरसँग सम्बन्धित थियो । यसैगरी बाल मनोविज्ञानमा आधारित नाटक ‘परिवेश’ रंगेलीको रन्जनी स्कुलले प्रस्तुत गरेको थियो । रमेशचन्द्र अधिकारीले निर्देशन गरेको उक्त नाटकमा विद्यार्थीहरूले जीवन्त अभिनय गरेका थिए ।

महोत्सवमा विराटनगर महानगरका ८ तथा रंगेली नगरपालिकाको १ विद्यालय सहभागी थिए । सत्यनारायण स्कुलले ‘अँध्यारो बाटो’, अन्नपूर्ण एकेडेमीले ‘मेहनत र परिश्रमको फल’, प्यारागन एकेडेमीले ‘दसैं’ तथा सेन्ट जोसेफ स्कुलले ‘लक्ष्मीपूजा’ नाटक प्रदर्शन गरे भने सप्तकोसी बोर्डिङ स्कुलले ‘छाउपडी’, बूढानीलकण्ठ स्कुलले ‘नासो’, लिलिपुटले ‘प्रधानमन्त्री’, श्रीश्री रविशंकर विद्या मन्दिरले ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ तथा रञ्जनी एकेडेमिक स्कुलले ‘परिवेश’ नाटक प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik