साप्ताहिक संवाददाता
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन भैरहेको छ । मार्क्सले १४० वर्ष अघि बिताएको जीवनको आधारमा ‘मार्क्स फर्किए’ तयार पारिएको हो ।
कार्ल मार्क्सको द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा मंगलबारबाट मञ्चन सुरु भएको यो नटक भोलि बिहिबारसम्म प्रदर्शन हुने छ ।
अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले लेखेको नाटक दामोदर उपाध्यायले अनुवाद गरेका हुन् । नाटकको निर्देशन तथा परिकल्पनाकार सुनील पोखरेल र प्रवीण खतिवडा हुन् ।
सुनील पोखरेल, प्रवीण खतिवडा, निशा शर्मा, कमलमणी नेपाल, सरस्वती चौधरी, अन्जु देउजा, सुरज तमु, रामभजन कामत, राम न्यौपाने, सुमित तामाङ, मौसम खड्का लगायतका कलाकार नाटक मार्फत मञ्चमा प्रस्तुत भएका छन् ।
नाटकमा माक्र्सको जीवन, परिवार र संघर्षका विषयबस्तु समेटिएको छ । वर्तमान विश्व, पूँजीवाद, समाज र धर्मका बारेमा माक्र्सको धारणा नाटकमा प्रस्तुत गरिने छ ।