साप्ताहिक संवाददाता
शैली थिएटरमा चर्चित रुसी साहित्यकार आन्तोंन चेकोभको एकांकी नाटक ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) मञ्चन हुने भएको छ । यो नाटक यहि पुस १८ देखि माघ १० सम्म मञ्चन हुने भएको हो ।
१ घण्टा १५ मिनेटको यो नाटकले बिहेसँग जोडिएको सरल कथावस्तुलाई हास्यास्पद रुपमा प्रस्तुत गरिएको छ । नाटकमा ७० वर्षीया स्टिपान स्टेपानोभिजको छोरी नतालियासँग ३५ वर्षीय छिमेकी इभान भ्यासिलिचको बिहे प्रस्तावमा केन्द्रित छ ।
नाटकमा मुख्य कलाकारका रूपमा शशांक बोहोराले इभान, स्नेहा पौडेलले नतालिया र सुवास सुवेदीले स्टेपान स्टेपानोभिचको भूमिका निर्वाह गर्ने छन् । गाउँलेको भूमिकामा देवेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, विशाल सुवेदी, दिप्ति पौडेल, निर्भिक भट्टराई, रूपक काफ्ले र सन्तोष बराइलीले अभिनय गर्ने छन् ।
नेपाली भाषामा मञ्चन हुने नाटकमा वेशभूषा, सेट र दृश्यमार्फत रुसको वातावरणको झ–झल्को दिने तयारी गरिरहेको शैली टिमले जनाएको छ । आन्तोंन चेकोभको यो कृतिलाई सविन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् ।
नाटमा देवेन्द्र बब्लुको संगीत तथा अमन माली, सुजन माली र सुशील मालीको स्वर रहने टछ । नाटलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।