साप्ताहिक संवाददाता
माघ १९, २०७६
प्रदेश १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसागको सहकार्यमा मण्डला थिएटर नेपालले नाटक ‘महाभोज’ यहि माघ २२ र २३ विराटनगरमा मञ्चन गर्न लागेको हो ।
अनुप बरालले निर्देशन गरेको उक्त नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, विजय बराल, विप्लव प्रतीकलगायतका कलाकारले अभिनय गरेका छन् ।