खडानन्दलाई पत्नीले माइतबाट फोन गरिन् ।
पत्नी : म त तिम्रो यादमा आधी नै घटिसकें यो १५ दिनमा, कहिले लिन आउँछौ ?
खडानन्द : अबको १५ दिनको भोलिपल्ट ।
खडानन्द शुक्रबारे बजार (हाट) मा टमाटर किन्न गए ।
खडानन्द : टमाटर कसरी दिएको भाइ ?
पसले : सय रुपैयाँ किलो ।
खडानन्द : ठीक–ठीक भन न भाइ ।
पसले : ठीक–ठीक ।
खडानन्दकी छोरीले घरबाट माइतीमा फोन गरिन् ।
छोरी : आमा, आज तपाईंको ज्वाइँसंग नराम्रो गरी झगडा पर्यो, म तीन–चार महिनाका लागि त्यतै बस्न आउँछु ।
खडु पत्नी : पख छोरी, झगडा ज्वाइँले सुरु गर्या हो । सजाय पनि उसैले पाउनुपर्छ । म नै तेरोमा बस्न आउँछु पाँच–छ महिनाका लागि ।
खडानन्द नेपाल बैंक लिमिटेडको शाखामा गए ।
खडानन्द : सर, मेरी पत्नी आज राति घरबाट भागी ।
बैंक कर्मचारी : हजुर, यो प्रहरी चौकी होइन, बैंक पो हो त ।
खडानन्द : म बैंकमै आको हजुर पैसो निकाल्न, भरे पार्टी गर्नु छ ।
खडानन्द र छोरा ।
खडानन्द : छोरा, गिन्ती सिकिस् त तैंले ?
छोरा : सिकें बुबा ।
खडानन्द : स्याबास, ल भन् त १, २, ३, ४ पछि के आउँछ ?
छोरा : ५, ६ ।
खडानन्द : राम्रो, अनि ...?
छोरा : ७, ८, ९, १०
खडानन्द : धेरै राम्रो, अनि त्यसपछि...??
छोरा : गुलाम, मिस्सी, बास्सा ।
डेलिभरीभन्दा पहिले डाक्टर खडानन्दकी श्रीमतीसँग ।
डाक्टर : तपाईं डेलिभरीको समयमा बच्चाको बाउलाई छेवैमा देख्न चाहनुहुन्छ ? खडानन्दकी श्रीमती : नाइँ पर्दैन, ऊप्रति पहिलेदेखि नै मेरो बूढाले त्यसै शंका गरिरा’छ ।
जुवाडे खडानन्दसहित धेरैजना जुवा खेल्दै थिए तिहारमा । अचानक प्रहरीको भ्यान आयो । खडानन्द हत्तपत्त कुदेर प्रहरीको भ्यानभित्र सिटमा बसे ।
प्रहरी : हामी त तिमीहरूलाई नै पक्रन आएको, तिमीचाहिँ किन हत्तपत्त दौडेर भ्यानमा पस्या ...?
खडानन्द : पोहरको तिहारमा प्रहरी चौकीसम्म जान भ्यानभित्र सिट नपाएर उभिएको उभियै जानुपर्यो हजुर त्यही भएर नि !
खडानन्द र विद्यार्थी ।
खडानन्द : लु भन त, त्यो कुन चिज हो ? जसले मानिसको इज्जतलाई मजबुतसँग बाँधेर राख्या हुन्छ ...?
बिर्खे : सुरुवालको इजारले सर ।
खडानन्द र जीएफ ।
खडानन्द : प्रोफाइल पिक्चर किन हटाएको ?
जीएफ : राम्रो थिएन के, मेरो अनुहार, त्यही भएर ।
खडानन्द : ल भयो, आज देखि म अर्कै खोज्ने भएँ, तिम्रो अनुहार तिमी आफैंलाई त मन परेन
भने, मलाई किन मन पर्नुपर्या छ र ...???