सामान्य मान्छे ः कत्रो गड्याङगुडुङ हौ, सात्तै लान्छ कि क्या हो ?
साहित्यकार ः आज आकाशमा पनि भयंकर युद्ध भयो । सबैभन्दा बढी हतियार इन्द्रले प्रयोग गरेजस्तो लाग्यो ।
म बौद्धमा बसेर बुद्धजस्तो बन्ने छाँटकाँट छैन, तर तिमी पुतलीसडकमा बसेर पुतलीजस्तै भैसकिछौं ।
तरकारीको चाहिँ झोल मात्र चाख्दा हुने
मासुको चाहिँ चोक्टा नै किन चाख्नुपर्ने ?
जँड्याहाले जँड्याहाको मर्म बुझेन भने
ढुक्क हुनुस् कि, रक्सी ब्रान्डेड रै’छ ।
भोलिको दिन फलानाको एक्सका रूपमा चिनिनुभन्दा त सिंगल बस्नु नै ठीक ।
लिङ्ग देखाउने बाबाजीभन्दा छोटा कपडा लगाउने नारी पवित्र छन् ।
पानी पर्दा
अरू देशमा ः वाउ ! हाउ रोमान्टिक वेदर ।
नेपालमा ः मोबाइल चार्ज गरी राख है अब एक हप्तासम्म लाइन आउने छाँटकाँट छैन ।
लभ परेको दुई दिन नहुँदै
बूढा–बूढी भन्नेहरूलाई चाँडै वृद्ध
भत्ता मिलाइदिनुपर्यो सरकार ।
फेसबुकमा राम्रो फोटो राखेर
केटा पट्याउँछु भन्ने कदापि नसोच्नु
किनभने चिनि र युरिया मल
छुट्टाउने कला केटाहरूलाई राम्रोसँग थाहा छ ।
८ किलोमिटर दौडिएपछि बल्ल थाहा पाएँ
फिलिममा मात्र रै’छ
दौडिँदा–दौडिँदै
ठूलो हुने त ।
हेर विवाहित केटा हो, यदि बाहिर चक्कर सक्कर चल्या छ भने गर्लफ्रेन्डको नाम सासू आमा भनेर सेभ गर्नु, त्यसपछि बूढीले आफैँ फोन डायल गरेर दिन्छे, कहिलेकाहीं त मेरी आमासँग नि कुरा गर्नु नि भन्दै ।
मलाई अमिलो असाध्यै मनपर्छ भन्देको के थिएँ
लेमन फ्लेवरको लिपस्टिक लगाएर आइछे ।
अरूले थोपा–थोपाले सागर बनाउँछन रे ।
मैले एक थोपोले सागर बनाएँ, भनेर फुर्ती लगाउँदै छन् पल्ला घरे सागरका बा ।
बसमा
खलासी ः दाइ, त्यो झोलामा नबस्नु, अन्डा फुट्छ ।
म ः किन ? यो झोलामा अन्डा छ र ?
खलासी ः होइन, किला छ ।
सहर बजारमा लुरीहरूलाई जति नै
स्लिम फिगर, जिरो फिगर भने नि
गाउँ घरतिर गयो भने सुकेनास लाग्या
भनी हाल्छन् क्यारे ।
खरायो दगुरिरहन्छ तर पनि ५/६ वर्ष
भन्दा बाँच्दैन तर कछुवा कहिल्लै
दगुर्दैन, तैपनि ३ देखि ४ सय
वर्ष बाँच्छ ।
त्यसैले बिहान–बिहान कुदन छोडौं
मस्तसँग सुतौं ।
धेरै खोजीपछि
अहिले पत्ता लागेको छ कि
पति–पत्नीमा झगडाको मुख्य कारण पन्डित
हो, किनभने यो त्यही मानिस हो जस्ले जग्गेको आगोमा बारम्बार घिउ हालेको थियो ।
झिँगाहरूबीच नि कुरा हुँदो हो— मेरो आई लभ यूको जवाफ दिन्छौं कि चियामा डुबेर मर्दिऊ भनेर ।
भयानकै असल भइयो भने भगवान भइन्छ । धर्ती ले थाम्न सक्दैन । स्वर्ग तिर हिँडिहाल्नुपर्छ । त्यसैले अलिअलि खराब पनि बनौं ।
श्रीमती आफ्नो श्रीमान्सँग
बिनासित्ती झगडा गर्दिनँ
झगडा त तब गर्छे जब आफूसँग
नभएको लिपिस्टिकको कलरको
डाम श्रीमान्को कपडामा देख्छे ।
गर्लफ्रेन्डको गुड मर्निङ बेबी म्यासेज देखेर
उठ्नेलाई के थाहा आमाले गरेको उठ ओई भाते, कत्ति सुत्न सक्छस् भन्ने मायालु गालीको मज्जा ।
मान्नुस्, नमान्नुहोस्
म नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो ।
पहिलो पटक घुम्न जाँदा उनले सोधिन् मेरो विश्वास कति लाग्छ ?
मैले रित्तो गोजी देखाउँदै भनेँ
तिम्रो विश्वास लागेरै हो, मैले सुक्को ल्या’को छैन ।
दुइटी केटी जेल परे पाँच वर्षका लागि
दुइटीलाई एउटै कोठा थुनेर राखियो
पाँच वर्षपछि छुटेर बाहिर निस्कँदै— अब घरतिर जानुपर्छ, बाँकी कुरा फोनमा गरुँला है, ल त बाई ।
ब्रेकअप पछि पनि एक–अर्कासँग बोल्नु भनेको नुहाइसकेपछि मैलो कपडा लगाउनुजस्तै हो ।
दुई कट्टर दुस्मनको पुनर्जन्म, पति–पत्नीका रूपमा हुन्छ भन्ने कुरा प्रस्टै लेखिया रै×’छ पुराणमा ।
यो चैते हावाहुरीले
मेरो घरको आँगनमा
कुनै सुन्दरीलाई ल्याएर
बजार्दिए नि हुने नि
लु बजिया गरी खा भनेर ।