खडानन्द पढाउँदै ।
खडानन्द : एकदिन यो पृथ्वीमा महाप्रलय हुनेछ, पानी, हावा केही पनि रहने छैन, पृथ्वीमा रहेका सबै जीव नष्ट हुनेछन् ...
बिर्खे : सर, त्यो दिन छुट्टी
हुन्छ कि हुँदैन ? स्कुल आउनुपर्छ कि पर्दैन ।
खडानन्द र जीएफ ।
जीएफ : तिमीभन्दा पहिले पनि मेरो अर्को बीएफ थियो खडु ।
खडानन्द : हाम्रो घरमा हामी जम्मा चार दाजुभाइ हौं र म सबैभन्दा कान्छो हुँ ।
जीएफ : अनि के भयो त ...?
खडानन्द : केही छैन ठिकै छ, सेकेन्डह्यान्ड सामानको आदत छ मलाई ।
खडानन्द र पत्नी ।
खडानन्द : सुन्यौ ? अखबारमा लेख्या रै’छ, २५ प्रतिशत महिलाले मानसिक रोगको औषधि खान्छन् रे ।
पत्नी : यो कुन त्यस्तो खास कुरा भयो र ?
खडानन्द : मलाइ त धेरै नै डर लागिरहेको छ ।
पत्नी : यसमा त्यस्तो डराउनुपर्ने के छ र ...?
खडानन्द : अरु ७५ प्रतिशत त औषधि नै नखाइ घुमिराका रै’छन् नि त ।
खडानन्द र छोरा ।
छोरा : बुबा, यसपालि मलाई एप्पल वा ब्ल्याकबेरी नै चाहिन्छ ।
खडानन्द : थुइक्क गधा, पहिले त्यो फ्रिजमा राखेको सुन्तला र अंगुर त खाइसक ।
खडानन्द र पत्नी भान्छामा ।
खडानन्द : हैट, आज पनि फेरि लौका ? धेरै लौका खायो भने मान्छे अर्को जन्ममा गधा हुन्छ रे †
पत्नी : यही कुरा तिम्ले, तिम्रो अघिल्लो जन्ममा चाहिं किन सोचेनौ त...त्यो बेलाचाहिँ लौका किन खा’को त ।
खडानन्द र पत्नीबीच जहिल्यै घर झगडा भैरहन्थ्यो । केही उपाय लाग्छ कि भनेर उनी एउटा बाबाको शरणमा गए ।
खडानन्द : बाबा, मेरो घरमा कसरी शान्ति भित्र्याउन सक्छु ...?
बाबा : रातको २ बजेतिर, पत्नीले थाहा नपाई, चुपचाप, घरको पछाडिको ढोकाबाट भित्र्याउन सक्छौ बालक शान्तिलाई ।