वृद्ध खडानन्द र साथी ।
खडानन्द : मान्छे जति बूढो हुँदै गयो । उतिउति बल (तागत) थपिँदै जाँदो रै’छ ।
साथी : कसरी ....?
खडानन्द : २० वर्षअघि ५ सयको चिनी किन्दा म त्यसलाई बोक्न सक्दिनथें, अहिले त्यही ५ सयको चिनी सजिलैसँग बोक्न सक्छु ।
शेरेका लोग्ने–स्वास्नीबीच झगडा भयो
स्वास्नीले आफ्नो सामान प्याक गर्न थाली, माइती जाने धम्कीसहित ।
शेरेले सोध्यो : कहाँ जान लागेकी ?
स्वास्नीले आँसुसहित धम्की दिँदै भनी : जान्छु मेरै आमाको घर, उतै गएर बस्छु ..बस तिमी एक्लै ।
अब शेरेको पालो, उसले पनि आफ्नो सामान प्याक गर्न थाल्यो ।
स्वास्नीले सोधी : तिमी चै कहाँ जान लागेको नि ?
शेरेले भन्यो : म पनि जान्छु मेरै आमाको घर । तेरो मात्र आमाको घर छ कि क्या हो ?
स्वास्नीले रिसले यत्रा ठूला बल्ड्याङ्ग्रे आँखा तर्दै भनी : अनि छोरा–छोरीचाहिँ कोसँग बस्छन नि ?
शेरेले शान्त पाराले भन्यो : तँ तेरै आमाकहाँ जान्छेस्, म मेरै आमाकहाँ जान्छु भने मैले भन्नुपर्छ र छोरा–छोरी पनि उनीहरूकै आमाकहाँ जान्छन् नि ।
शेरे एक दिन बिजुली मर्मत गर्दै थियो, त्यही क्रममा उसले आफ्नी बूढीलाई बोलाएछ ।
शेरे : ए बूढी, यता सुन् त ।
बूढी : के हो ?
शेरे : एकछिन यता आइज न
बूढी : ल आएँ, भन ?
शेरे : यी दुईवटा तारमध्ये एउटामा समात त ।
बूढी : किन ?
शेरे : एकपटक समात् न भनेको ।
बूढी : ल समातें ।
शेरे : केही भयो ?
बूढी : केही भएन
शेरे : ल ठीक छ,
यसको मतलब करेन्ट अर्को तारमा छ ।
शेरेको नवविवाहित जोडी आफ्नो हनिमुन मनाउन एउटा होटलमा गए र त्यहाँ उनीहरूले तीन दिन बिताए । उनीहरूको बिल ५० हजार आयो ।
शेरेले म्यानेजरसँग सोध्यो : यत्रो पैसा किन ? जबकि हामीले सारा खाना यो होटलभन्दा बाहिरै खाएका छौं ।
म्यानेजर : यहाँ किन नखाएको त ? खाना त रेडी थियो । यहाँ खानु भएन । त्यो तपार्इंहरूको गल्ती हो ।
शेरेलाई लाग्यो कि म्यानेजरले उनीहरूलाई ठग्दै छ ।
त्यसपछि शेरेले म्यानेजरलाई भन्यो : पहिले तिमी मलाई १ लाख देऊ, मेरी नयाँ नवेली पत्नीसँग तीन रात बिताएको चार्ज ।
म्यानेजरले लगभग चिच्याउदै भन्यो : सर, मैले तपाईंकी पत्नीसँग कुनै रात बिताएको छैन ।
त्यसपछि शेरेले भन्यो : किन नबिताएको त ? जबकि ऊ रेडी थिई... तपाईले बिताउनु भएन । तपाईंको गल्ती हो...।
खडानन्दको विवाहमा मण्डपवरिपरि घुम्ने क्रममा ।
खडानन्द (बेहुलीसँग खुसुक्क कानमा) : सुन त, अब मबिना तिमी छैनौ, तिमीबिना म छैन....
विवाहको १६ महिनापछि
खडानन्द (पत्नीसँग) : लु आइज, आज कि तँ छैनस् कि म छैन ।
लोकल बसमा खडानन्द र अपरिचित यात्रु ।
यात्री : विवाह गर्न जाँदैछु हौ दाजु । कपडा धोऊ आफैं, खाना पकाऊ आफैं, घरमा कुचो लाऊ आफैं, यी सबै कुराले हैरान भएँ म..
खडानन्द : गजब छ, तिनै कुराले हैरान भएर मचाहिँ सम्बन्ध–विच्छेद गर्न अदालत जाँदैछु ।
खडानन्द बिज्ञान पढाउँदै ।
खडानन्द : सास फेर्नका लागि अक्सिजनको आवश्यकता पर्छ । अक्सिजनको खोज सन् १७७४ मा भएको थियो ।
बिर्खे : धन्य भगवान्, त्योभन्दा पछि जन्मिइएछ, त्योभन्दा अघि जन्मिएको भए त सास फेर्नै नपाइने रै’छ ।
अर्धपागल खडानन्द र हुस्सू हरिबोल ।
खडानन्द : फेब्रुअरी २९, ३० र ३१ का दिन मेरा जोक्स आउँदैनन् होला ।
हरिबोल : ए हो ? किन र ....?
खडानन्द : त्यो बेला म अमेरिकामा हुनेछु ।
हरिबोल : के–का लागि...?
खडानन्द : आप्रवासीहरूलाई अमेरिकामा राख्ने कि नराख्ने ? भन्ने विषयमा सल्लाह गर्न डोनाल्ड ट्रम्पले बोलाएका छन् ।
हरिबोल : ल खडु, त्यसो भए अमेरिकाबाट आउँदा मलाई एक सेट राम्रो दौरा–सुरुवाल र एकपोको जनै ल्याइदे है .... ।
खडानन्दले जुद्ध वारुण यन्त्रालयमा जागिर खाए, फोन रिसिभ गर्ने ठाउँमा ।
एक महिलाको फोन आयो ।
महिला (फोनमा) : हेल्लो, दमकल अड्डा हो ....?
खडानन्द (फोनमा) : हो हजुर, कहाँ ? के भयो र ....?
महिला : मेरो घरमा आगलागी भयो हजुर ....
खडानन्द : अनि पानी हाल्नुभो त ...?
महिला (रुँदै) : पानी हालेको हजुर, तर निभेन .... ।
खडानन्द : अनि हाम्ले के गर्नु त त्यसो भए ....? हाम्ले पनि आएर त्यही पानी नै त हाल्ने हो नि ।
खडानन्द कक्षामा ।
शिक्षक : आज पनि होमवर्क नगरी आइस् होइन खडु ? भन्, के सजाय दिऊँ तँलाई ?
बिर्खे : ऊ त्यो पल्लो बेन्चकी केटीले पनि होमवर्क गर्या छैन सर, बाथरुममा थुन्दिनुस् हामी दुवै जनालाई ।
खडानन्द र भतिज ।
खडानन्द : अनि के छ त भतिज ? पढाइ कस्तो जाँदैछ त ....?
भतिज : ठीकै छ काका, पढाइ जाँदैछ, तर जाँदाजाँदै मबाट निकै टाढा पुग्यो पढाइचाहिं ।